कांग्रेसले आज संसद् चल्न नदिने

प्रकाशित मिति:

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज बस्ने प्रतिनिधिसभाको बैठक अवरुद्ध गर्ने भएको छ । बिहीबार बाँकेमा कांग्रेसले आयोजना गरेको कार्यक्रममा नेकपाले आक्रमण गरेको भन्दै कांग्रेसले त्यसबारे गृहमन्त्रीको जवाफ मागिरहेको छ । यही विषयलाई लिएर गृहमन्त्रीले जवाफ नदिएसम्म संसद् चल्न नदिने कांग्रेसका एक सांसदले बताए ।

बिहीबार नेपाली काङ्ग्रेसको दोस्रो चरणको राष्ट्रिय जागरण अभियानअन्तर्गत बाँकेको सीतापुरस्थित रेडक्रसको सभाकक्षमा आयोजना गरिएको कार्यक्रममा सहभागी भएका सभापति किरण कोइराला लगायतका काङ्ग्रेस कार्यकर्तामाथि युवाहरुको समूहले मञ्चमै पुगेर आक्रमण गरेको थियो । आक्रमणबाट सभापति कोइरालाको बायाँ हात भाँच्चिएको छ ।