इमरान खान र भेंडो प्रवृत्ति

प्रकाशित मिति:

विमल पोखरेल

लेखक

पाकिस्तानका प्रधानमन्त्री इमरान खानको ढोंगी घोषणालाई सामाजिक सञ्जाल प्रयोगकर्ता र दलका केन्द्रीय नेताहरुसमेतले वास्तविकता बुझ्ने कुनै प्रयास नै नगरी शेयर गरे । त्यसका साथसाथै प्रधानमन्त्री, मन्त्री र सबै नेताहरुलाई उनीसित तुलना गरेर गालीगलौज र अपमान गरियो । सायद गणेशमान सिंहले नेपाली जनतालाई त्यही कारण भेंडा भनेका होलान् । उनले जनतालाई नै भेंडा नभनेर भेंडा प्रवृत्ति भनेहोलान् भन्ने मलाई लाग्छ । तर पनि भेंडा प्रवृत्तिबारे उल्लेख गर्न चाहन्छु । इमरान खानले गरेका निर्णयका आधारमा नेपालका प्रधानमन्त्री र मन्त्रीहरुलाई धेरै नै अपमान गरिएकाले यी कुराहरु लेख्न गइरहेको छु । मलाई यी कुराहरु लेख्न आवश्यक थियो जस्तो लागेकै थिएन । तर झट्ट सुन्दा ज्यादै आकर्षक लाग्ने उनका घोषणाका प्रत्येक पाइलामा ढोंगबाहेक अरु थोक केही नभएकाले र उनलाई देखाएर नेपालका प्रधानमन्त्री, मन्त्री र सबै नेताहरुको अपमान गरिएकाले मात्रै लेख्न लागिएको हो ।
१. तीन वटा कोठा प्रयोग गर्नेबारे स् अहिले एउटा सामान्य परिवारले पनि चार कोठा भएको फ्ल्याट लिएर बस्ने गर्दछन् । इमरान खान प्रधानमन्त्री भएकाले उनले विदेशी कुटनीतिक नियोगका प्रमुख, विपक्षी दलका नेता वा प्रतिनिधिमण्डल, पार्टीका नेता कार्यकर्ता, आफन्त र अन्य धेरैसित भेट्नुपर्ने हुन्छ । त्यसो गर्न तीन वटा कोठामा पूर्णतयाः असम्भव हो । असम्भव हुने कुरा घोषणा गरिएको छ । तर पनि भेंडा प्रवृत्तिका मान्छेहरुले वाहवाही गरिरहेका छन् ।
२. बुलेटप्रुफ ३३ वटा गाडीको लिलामी विक्रीबारे यो अर्को ढोंग हो । पाकिस्तान आतंकवादले ग्रसित देश हो । इमरानलाई कडा सुरक्षाको आवश्यता पर्दछ । यदि उनले बुलेट प्रुफ गाडी चढेनन् भने पनि उनलाई धेरै नै कडा सुरक्षाका बीच राखिनेछ । आतंकवादले पीडित देशमा प्रधानमन्त्री जस्तो व्यक्ति फुक्काफाल हिंड्ने कुरा कल्पनासम्म गर्न सकिंदैन । पाकिस्तान जस्तो देशमा आवश्यकताको कारण नै पहिलेका प्रधानमन्त्री बुलेटप्रुफ गाडी चढेका हुन् । सायद भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि बुलेटप्रुफ गाडी नै चढ्छन् । बेनजिर भुट्टोको हत्या र परवेज मुसरफलाई गरिएको वम आक्रमण पाकिस्तानी इतिहासका कालो दिन हुन् । केपी ओलीलाई दिएको जति सुरक्षाले उनलाई पुग्दैपुग्दैन । त्यसैले उनको लागि बुलेटप्रुफको बदला झन् धेरै सुरक्षा दिइने कुरा प्रष्टै छ । २ करोड विद्यार्थी भर्ना गर्न कार नै बेच्नु पर्ने गरी पाकिस्तान कंगाल भएको हो रु यो इमरानको नयाँ प्रकारको ढोंग हो ।
३. प्रधानमन्त्रीको लागि छुट्याइएको अतिरिक्त हेलिकोप्टर विक्री गरी मातृमृत्युदर कम गर्न प्रयोग गरिने स् यो पनि अर्को ढोंग हो । एउटा हेलीकोप्टरलाई केही करोड रुपैयाँ मात्रै पर्छ । त्यति पैसाले पाकिस्तान जस्तो पिछडिएको देशमा मातृ मृत्यु दर घटाउनको लागि एक पित्को चटनी पनि पुग्दैन । खरबौं बजेटको आवश्यकता पर्दछ । फेरि देशको प्रधानमन्त्रीको लागि हेलिकोप्टरको व्यवस्था गरिनु अत्यन्तै राम्रो र आवश्यक कुरा थियो । उनी सरकारी हेलिकोप्टर प्रयोग गर्दैनन् भने करोडौं तिरेर निजी हेलिकोप्टर चढ्ने कुरा प्रष्टै छ । उनको घोषणा मानौं कि केपी ओलीले नेपाल वायु सेवा निगमको जहाज बेचेर बुद्ध एयरको जहाज चढ्ने घोषणा गरे जस्तै हो । यसमा कुनै तुक छैन ।
४. प्रधानमन्त्री निवासलाई विश्वविद्यालय बनाइने स् यो पनि अर्को ढोंग हो । हामीले कल्पना गरौं न । के प्रधानमन्त्री निवास बालुवाटारमा त्रिभुवन विश्वविद्यालय ल्याएर राख्ने रु अमेरिकाको ह्वाइट हाउसमा त्यहाँको कुनै विश्वविद्यालय लगेर राख्ने रु नरेन्द्र मोदीको निवासमा जवहारलाल विश्वविद्यालय राख्ने रु यी त पागलका जस्तै कुरा हुन् । विश्वविद्यालयको लागि कुनै प्रधानमन्त्री निवास उपयुक्त हुँदैन । देशको प्रधानमन्त्रीको लागि सरकारी निवास आवश्यक पर्छ । सायद पाकिस्तानमा त्यसको व्यवस्था गरिएको छ । नेपालमा प्रधानमन्त्री र मन्त्रीको लागि सरकारी निवासको व्यवस्था गरिएको छ भने सामान्य कर्मचारीलाई समेत जिल्लामा सरकारी निवासको व्यवस्था गरिएको छ । जुन राम्रो कुरा हो ।
५. दुई जना सल्लाहकार राख्नेबारे स् यो पनि अर्को ढोंग हो । प्रधानमन्त्रीलाई सल्लाह दिन र काम गर्न एउटा कोर टिमको आवश्यक पर्छ । त्यसमा धेरै विशेषज्ञहरु चाहिन्छन् । इमरानका २ जनाले के गर्छन् रु उनले त्यति टीमले धेरै काम नै गर्न सक्दैनन् । ढोंग प्रदर्शन गर्न गरिएको निर्णय बोहक अरु केही हो जस्तो मलाई लाग्दैन । पाकिस्तान भ्रष्टाचारले ग्रसित मुलुक हो । ती दुइजनाले भ्रष्टाचार रोक्न सक्छन् भन्नू २०० प्रतिशत नक्कली कुरा हो । भ्रष्टाचारको कारण सल्लाहकार होइनन्, त्यहाँको राज्यसत्ताको भ्रष्ट चरित्र हो । पूर्वप्रधानमन्त्री नवाज सरिफ त जेलमै छन् ।

अन्त्यमा, भेंडाको कथा । एउटा साँघुमा एकैपटक दुवैतिरबाट भेंडा वारपार गर्न खोजेछन् । उनीहरु साँघुको बीचमा भेट भए । साँघु साँघुरो भएकाले फर्कन सम्भव थिएन । उनीहरु जुधे भने दुवै खसेर खोलामा जान्थे र मर्थे । उनीहरुले एउटा जुक्ति निकाले । एउटा भेंडा साँघुमै बस्ने, त्यसमाथिबाट अर्को भेंडा पार गर्ने र साँघु छिचोल्ने । भेंडामा पनि त्यति धेरै बुद्धि विवेक हुन्छ । नेपालका सामाजिक सञ्जाल प्रयोगकर्ता र केही त राजनीतिक दलका केन्द्रीय नेतामा त्यति पनि विवेक भएको पाइएन । गणेशमानले जनतालाई भेंडा नै भनेका हुन् त रु मैले यो विषयमा धेरै पटक, धेरै प्रवृत्ति प्रकट हुने बेला सोच्ने गरेको छु । तर मैले त्यही शैलीमा त्यो शब्दावली प्रयोग गर्दिन । किनभने मानव चेतनशील प्राणी हो भनेर हजारौं पटक भन्ने म पनि एक हुँ ।