उम्‍मेदवारका लोभले कांग्रेस नेतृ साझा पार्टीमा प्रबेश

२९ भाद्र २०७६, आईतवार ०   बिचार / प्रतिक्रिया
68 Shares


पोखरा – नेपाली कांग्रेसमा आवद्ध नेतृ रजनी केसी साझा पार्टी प्रवेश गरेकी छन्। उक्त पार्टीले शनिबार पोखरामा कास्की र पोखरा महानगर संयोजक घोषणा गर्न आयोजना गरेको कार्यक्रममा केसी साझा प्रवेश गरेकी हुन्। साझाले उनलाई कास्की क्षेत्र नम्बर २ मा मंसिर १४ गते हुने उपनिर्वाचनमा उम्मेदवार बनाउने उक्त पार्टी स्रोतले जनाएको छ। पोखरा विश्वविद्यालयमा उपप्रशासक केसी २० वर्षे सेवावधि सकेर पेन्सन पाकेपछि उक्त पदबाट राजीनामा गरी साझा पार्टी प्रवेश गरेकी हुन्। उनको राजीनामा कात्तिक १ गतेदेखि लागु हुने गरी विश्वविद्यालयले स्वीकृत गरेको छ।

कांग्रेसमा लाग्दा पनि कुनै परिवर्तन र सुधारको संकेत नपाएरै बिना मोलमोलाई साझामा प्रवेश गरेको केसीले बताइन्। तर उनी उम्मेदवार बन्ने पक्कापक्की गरेरै पार्टी प्रवेश गरेको साझा स्रोत बताउँछ। तर शनिबारको कार्यक्रममा साझाले उम्मेदवार घोषणा गरेन। पार्टीका केन्द्रीय संयोजक रवीन्द्र मिश्रले कास्कीमा स्थानीयलाई नै उम्मेदवार बनाउने भने बताए। नेविसंघ हुँदै नेपाल महिला संघ र कांग्रेसमा सक्रिय नेतृ केसी २०५० को मध्यतिर पृथ्वीनारायण क्याम्पसको स्ववियु निर्वाचनमा सदस्य उम्मेदवार थिइन्। उनले त्यो चुनाव भने जितिनन्। हक्की र जोशिलो स्वभावकी केसी विद्यार्थी राजनीति गर्दादेखि नै चर्चित थिइन्। केसीले साझाको नीति र कार्यक्रमबाट प्रभावित भएरै कांग्रेस छाडेर साझा प्रवेश गरेको उल्लेख गरिन्।

कास्की क्षेत्र नम्बर २ तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको निधनपछि रिक्त भएको हो। अधिकारीको पार्टी नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले यहाँ वामदेव गौतमलाई उम्मेदवार बनाउने प्रयास गरिरहेको स्थानीय नेता कार्यकर्ता बताउँछन्। कांग्रेसबाट रवीन्द्रसँग प्रतिस्पर्धा गरेका देवराज चालिसे, पुराना नेता खेमराज पौडेल, वीरेन्द्रनारायण बिजुक्छे, लक्ष्मी पाण्डे, ऋषि काफ्लेसहित दर्जनौंको नाम चर्चामा छ।
२०७४ को आम निर्वाचनमा रवीन्द्र अधिकारीले चालिेसलाई साढे ८ हजार मतान्तरले पराजित गरेका थिए। साझा पार्टीले आइतबार कास्की संयोजक अर्जुन खनाल र महानगर संयोजक मनकाजी गुरुङलाई घोषणा गरेको छ। खनाल व्यवसायी र गुरुङ निजी विद्यालय सञ्चालक हुन्। खनाल नेकपामा सक्रिय थिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • आज सोमबारको राशिफल
  • स्याङ्जा र तनहुँका थप तीन जनामा कोरोना संक्रमण पुष्टि
  • यसै वर्षको अन्तमा कोरोनाको भ्याक्सिन विश्वबजारमा आउने दाबी
  • निःशुल्क पीसीआर परीक्षण गर्न सर्वोच्चको आदेश
  • अमेरिकामा चारसय स्वास्थकर्मीलाई नेपालीले खुवाए खाना
  • बुटवलको कोरोना विशेष अस्पतालबाट निको भएर चार जना घर फर्किए
  • नवलपरासीमा नंया प्रहरी प्रमुख आएसंगै तस्करहरुको भागाभाग
  • लकडाउन लम्ब्याउने हो भने नागरिकहरुको हेरचाह गर्ने सम्पूर्ण जिम्मेवारी राज्यले…
  • आँधिखोला लघुवित्त वित्तिय संस्था द्वारा प्रदेश–५को विपद् ब्यवास्थापन राहत कोषमा…
  • बाजुरामा दुई वर्षीया बालिकाको कोरोनाका कारण मृत्यु भएको पुष्टि