सभापतिलाई आक्रमण गर्ने नेकपाका कार्यकर्तालाई कारवाहीको माग राख्दै कांग्रेसद्धारा संसद अवरुद्ध

प्रकाशित मिति:

काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रिय जागरण अभियानको क्रममा बाँके सभापति किरण कोइरालालाई आक्रमण गर्ने सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकर्तामाथि कारबाहीको माग राख्दै सदन अबरूद्ध गरेको छ ।

घटनाबारे आइतबार गृहमन्त्री रामबहादुर थापा बादलले सदनलाई जानकारी गराउँदा घटनालाई प्रतिपक्षले राजनीतिकरण गरेको बताएपछि कांग्रेस सांसदले आपत्ति जनाएका थिए । घटनाका दोषीहरूलाई सरकारले कारबाही गर्न नचाहेको र प्रहरीले किटानी जाहेरीसमेत नलिएको भन्दै प्रमुख सचेतक बालकृष्ण खाँणले तत्काल कारबाही सुरू गर्ने प्रक्रिया थाल्न आग्रह गर्नुभएको थियो । गृहमन्त्रीले रोष्टमबाट दुई पटक घटनाबारे सरकारको धारणा राखेका थिए । उक्त धारणा चित्तबुझ्दो नभएको भन्दै कांग्रेस सांसद उठेर विरोध गरिरहेपछि सभामुख कृष्णबहादुर महराले दश मिनेका लागि संसद स्थगित गर्नुभएको हो ।