५ लाख लुट्नकै लागि कुर्मीको हत्या

ओमसतिया वडा न ४ का ४० वर्षीय महेन्द्र कुर्मीको मृत्यु

प्रकाशित मिति:

राम प्रसाद भण्डारी / बुटवल – रुपन्देहीको रोहिणी गाउँपालिका–३ मा अज्ञात समूहको गोली लागेर एक जनाको मृत्यु भएको छ। आइतबार दिउँसो अज्ञात व्यक्तिको गोली लागेर ओमसतिया वडा न ४ का ४० वर्षीय महेन्द्र कुर्मीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एसपी हृदय थापाले जानकारी दिए। कुर्मी बैंकबाट रकम निकालेर लु ९ प ८२३५ आफ्नै मोटार्साइकल नम्बरको मोटरसाइकलमा धकधई जाँदै थिए।

उनको बायां कुममा गोली लागेको छ। गोली कसले र किन चलायो भन्ने खुल्न नसकेको प्रहरीले जनाएको छ। तर, स्थानीयले भने कुर्मी बैंकबाट रकम निकालेर आउँदै गर्दा बाइकमा आएको डाकाको समूहले गोली हानेको दाबी गरेका छन् । उनीहरुले कुर्मीसँग भएको ५ लाख रकम पनि लुटेको स्थानीयले बताएका छन् । घटनापछि प्रहरीले गोली हान्नेको खोजी गरिरहेको बताएको । घटनास्थल तनाब ग्रस्त बनेको छ भने ठुलो संख्यामा स्थानिय सर्वसाधारणको घुइचो लागेको छ।