दानापुर तालको पर्या-प्रर्यटनका लागि बिस्तृत गुरुयोजना सार्बजनिक

प्रकाशित मिति:

सबलपोस्ट /कञ्चन – रुपन्देही जिल्लाको पर्यटकिय तथा सिमसार क्षेत्रमा सुचिकृत दानापुरतालको बिकासको लागि १० बर्षे बिस्तृत गुरुयोजना सार्बजनिक भएको छ। समयमायी सामुायिक बन उपभोक्ता समूह,कञ्चन—१,गजेडी र जयन्द्र एण्ड पार्टनर प्रा.लि.को सहकार्यमा तयार गरिएको दानापुर तालको बिस्तृत गुरुयोजना संचारकर्मीहरु र स्थानिय उपभोक्ताहरुका बिच रुपन्देही जिल्ला क्षेत्र नं. ५ प्रदेश (क)का सांसद भुमिश्वर ढकालले एक कार्यक्रम बिच सार्बजनिक गर्नु भएको हो । सार्बजनिक गरिएको सो गुरुयोजनामा दानापुर तालको पर्यटकिय आकर्षणलाई सौन्दर्य बनाउन दानापुर तालमा प्रबेश गर्ने मुख्य प्रबेशद्धार संगै स साना चमेना तथा चिया पसलको निर्माण गरिनेछ भने तालको बिचमा आइसल्याण्ड जलभुमी निर्माण गरी ५३ मिटरको उचाई दृश्यावलोकन गर्न मिल्ने गरी ६० मिटर उचाइको दृश्यावलोकन टावर बनाइने छ ।

अव दानापुर तालमा गुरुयोजना बिपरीत कसैले पनि भौतिक संरचना निर्माण गर्न पाइनेछैन।यसैगरी सो गुरुयोजनामा तालको वरीपरी हरियाली बाताबरणलाई यथावत राख्न बृक्षरोपण पनि गरिनेछ भने प्रयटक तथा स्थानियहरुका लागि मर्निङवाक तथा जगिङ गर्न मिल्नेगरी तालको वरीपरी पक्की पिच समेत निर्माण हुनेछ । ताल सहित ९२.०२ हेक्टर क्षेत्रफलमा फैलिएको समयमायी सामुदायिक बन उपभोक्ता समूहको उक्त गुरुयोजना अनुसार दानापुर तालको भौतिक संरचना निर्माण गर्न करिब ४८ करोड रुपैया खर्च हुने अनुमान गरिएको छ ।यसैगरी दानापुर तालको सौन्दर्यता र आन्तरिक तथा बाह्य प्रर्यटकहरुको आकर्षण बढाई स्थानियहरुको आय आर्जनलाई बृद्धि गर्न स्थानियहरुकै लगानीमा ताल नजिकका बस्तीहरुमा होम स्टे संचालन पनि गरिने गुरुयोजनामा राखिएको छ । तालको दश बर्षे गुरुयोजनाको सार्बजनिक गर्दै रुपन्देही जिल्ला क्षेत्र नं. ५ प्रदेश (क)का सांसद भुमिश्वर ढकालले कुनैपनि कार्यहरु गर्दा निश्चित कार्ययोजना तयार गर्न सके सहज हुने बताउदै बाह्य प्रर्यटकहरु भन्दा आन्तरीक प्रर्यटकहरुको आगमनलाई प्रथमिकता दिन सके दानापुर तालको गरीमा अझ बृढि हुने बताउनु भएको छ।

वहाले कञ्चनको समृद्धिको आधार स्तम्भ दानपुर ताल पनि भएकोले दानपुर तालको पुर्वाधार बिकास गर्न आफु निरन्तर खटिरहेको र यस बर्ष पनि प्रदेश सरकारबाट २ करोड बजेट ब्यबस्थापन भएको समेत बताउदै सरकारको मेहनत र बलले मात्र यस क्षेत्रको बिकास नहुने त्यसको लागि स्थानिय तहबाट पनि जुटेर काम गर्नु पर्नेमा जोड दिनु भएको छ।यसैगरी कञ्चन गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद पन्थीले दानापुर तालको बिकासको लागि कञ्चनबासीको मुख्य जिम्मेवारी हुने भन्दै तालको बिकासले यस क्षेत्रका जनताहरुको आर्थिक आर्जनमा सहयोग गर्ने बताउनु भएको छ। यस्तै सामुदायिक बन उपभोक्ता महासंघ,रुपन्देही जिल्ला समितिका अध्यक्ष दीननाथ आचार्यले दानापुर तालको पर्यटकिय बिकासले कञ्चनको गरिमा बढाएको र पहिचान पनि दिएको बताउनु भएको छ।कञ्चन एक मात्र प्रर्यटकियताल भएकोले यसको बिकासको लागि सबै तह र क्षेत्र संग सहकार्य गरी अघि बढ्नु पर्ने बताउनु भएको छ । समयमायी सामुदायिक बन उपभोक्ता समूह कञ्चन—१,गजेडीको आयोजनामा भएको कार्यक्रममा समूहका अध्यक्ष मिनबहादुर थापाको अध्यक्षता,बरिष्ठ उपाध्यक्ष राजेन्द्र घर्ति मगरको स्वागत तथा सुरज थापा मगरको संचालनमा कार्यक्रम भएको थियो ।