रोहिणमिा भएको हत्या प्रति गाउँपालिकाको ध्यानाकर्षण

प्रकाशित मिति:

भैरहवा – रुपन्देहीमा रोहिणी गाउँपालिका ३ बैकुण्ठपूरमा दिनदहाडै गोली चलेको छ । बजारमै अज्ञात समूहले गोली प्रहार गरि एक जनाको हत्या गरिएको छ । रोहिणी गाउँपालिकामा भएको यस घटनाले गाउँपालिकाको ध्यानाकर्षण भएको गाउँपालिकाले जनाएको छ ।
रोहिणी गाउँपालिका अध्यक्ष सनोज कुमार यादवले एक प्रेस बिज्ञप्ती जारी गर्दै रोहिणी गाउँपालिका वडा नम्बर ३ बैकुण्ठपूरमा भएको घटनाले समग्र रोहिणी गाउँपालिका शोकमा परेका जनाएका छन् ।

दिउसै करिब २ बजे नै ब्यस्त चोक मानिने बैकुण्ठपुरमा गोली प्रहार गरि ओम सतिया गाउँपालिका वडा नम्बर ५ बस्ने ३५ बर्षिय महेन्द्र कुर्मिको हत्या गरिएकोमा गाउँपालिका स्तब्ध भएको बिज्ञप्तीमा उल्लेख छ । सिमित रकमको लोभमा दिनदहाडै भएको हत्याले जिल्लाका समग्र शान्ती सुरक्षाको अवश्थामाथी नै प्रश्न चिन्ह खडा गरेको गाउँपालिका ठहर छ । यसर्थ यस्तो घटनालाई निरुत्साहित गर्न चाडो भन्दा चाडै अपराधीले कानूनी कठघरामा ल्याउन आवश्यक रहेको तथा घटनामा संलग्न अपराधीहरुको पहिचान गरि सक्दो चाडो उनिहरुलाई कारवाहीको दायरामा ल्याउन गाउँपालिका परिवार जोडदार माग गरेको बिज्ञप्तीमा उल्लेख छ ।