सामाजिक उत्तरदायित्व बहन गर्दै तिनाउ बोर्डिङ्ग

प्रकाशित मिति:

बुटवल ११ देविनगरमा अवस्थीत तिनाउ ई. बो. स्कुलले आइतबार राष्ट्रिय बाल दिवस को अवसर पारेर विभिन्न क्रियाकलापहरु संचालन गरेको छ । सामाजिक उत्तरदायित्वमा रुपन्देहीकै नमुना विद्यालय बन्न सफल तिनाउ ई.बो.स्कुलमा गठित तिनाउ जुनियर रेडक्रस सर्कलको आयोजनामा तिलोत्तमा न. पा. ६ मा अवस्थीत आत्मशान्ति अनाथालयमा रहेका ११ जना अनाथ बालबालिकाहरुलाई विभिन्न शैक्षिक सामाग्री फलफुल तथा खाद्य सामाग्रीहरु वितरण गरिएको छ । त्यसैगरी विद्यालयको पूर्व प्राथमिक तहमा बाल दिवस विशेष नृत्य कार्यक्रम सम्पन्न गरिएको छ । विद्यालयका संस्थापक अध्यक्ष यज्ञमूर्ति पाण्डेको प्रमुख आतिथ्यता तथा प्राचार्य सिता पाण्डेको सभादक्षतामा सम्पन्न उक्त कार्यक्रममा झण्डै १५ वटा समूहले आफनो नृत्य प्रस्तुत गरेका थिए ।

विद्यालयकी शिक्षीका सुस्मीता आर्चायले संचालन गरेको उक्त मनोरन्जनात्मक कार्यक्रममा कक्षा प्रिनर्सरी देखि यूकेजी कक्षा सम्म पढ्ने सम्पूर्ण विद्यार्थीहरुलाई क्राउन(मुकुट) धारण गराई मिठाई वितरण गरिएको थियो । यसैगरी तिनाउ जुनियर रेडक्रस सर्कलकै आयोजनामा कक्षा ५ देखि कक्षा ९ सम्मको विद्यार्थीहरु बिच ूबाल अधिकारू शीर्षकमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरिएको थियो । कक्षा ५ देखि ९ सम्म झण्डै ५५ जना विद्यार्थीहरु सहभागी रहेको उक्त कार्यक्रमको उदघाटनको अवसरमा बोल्दै विद्यायलका अध्यक्ष यज्ञमूर्ति पाण्डेले बालबालिका भनेका भविष्यका कर्णधार हुन भोलि देश चलाउने हात यिनीहरुमा रहेको हुदा बालबालिकाहरुलाई नैर्सवीक अधिकार जस्तै शिक्षा, स्वास्थ, स्वच्छ खानपानबाट बन्चीत गर्न नहुने, आजका उनीहरु काचोमाटो जस्तै हुन जस्तो बनायो त्यस्तै गराउन सकिन्छ, उनीहरुकाृ भविष्य निर्माण गर्न हात अभिभावकमा रहेको हुदा बालबालिकाको सुनिचीत अधिकार हनन गर्न नहुने भन्दै बालबालिहरुलाई शिक्षाबाट बन्चीत गराउन नहुने विचार व्यक्त गर्नुभयो ।

यसै अवसरमा विद्यालयकी प्राचार्य सिता पाण्डेले बोल्दै कुनै पनि बालबालिकालाई उनिहरुको आत्मबल गिर्ने गरी कुनै पनि किसिमका क्रियाकलापहरु गर्न नहुने र प्रत्येक बालबालिकाहरुलाई शिक्षाबाट बन्चीत गर्न नहुने कुरा व्यक्त गर्नुभयो र बालबालिकाहरुलाई उनीहरुमा रहेका विभिन्न क्षमतालाई पस्फुतन गर्ने अवसर पटक पटक विद्यालयले गर्दै आएको जानकारी गराउनुभयो । आजमात्रै आत्मशान्ति अनाथालयमा ११ जना अनाथ बालबालिकाहरुलाई विद्यालयको तर्फदेखि विभिन्न सामाग्री उपलब्ध गराइएको र विद्यालयमा पनि यस्ता विद्यार्थी भाइबहिनीहरुलाई विशेष सुविधा सहित पठन पाठन गराइएको जानकारी गराउनुभयो । कक्षा ९ का विद्यार्थी साजन मल्लको संचालनमा सम्पन्न उक्त कार्यक्रममा कक्षा ९ स्टारका सत्यम ज्ञवाली प्रथम, कक्षा ९ स्टारकै आरोज्ञ ज्ञवाली द्धितीय, कक्षा ८ स्टारकी नमिता थापा तृतीय र कक्षा ८ सनकी सरस्वती खनाल सान्तवना भएका थिए र उक्त प्रतियोगीहरुलाई प्रथम द्धितीय तृतीय स्थानमा पर्न सफल प्रतियोगीहरुलाई विद्यालयका अध्यक्ष यज्ञमूर्ति पाण्डेज्यूले पुरस्कार तथा अभिरले सम्मान गर्नुभएको जानकारी विद्यालयका सहप्रचार्य इश्वरी प्रशाद पाण्डेले दिनुभयो ।