एनआरएनको महाधिवेशन नजिकिँदै गर्दा प्रचारप्रसार तिव्र, महासचिवमा डा पौडेल र सचिवमा जोशी अमेरिकाबाट उम्मेदवार

प्रकाशित मिति:

अमेरीका । गैह्र आवासीय नेपाली संघ एनआरएनको विश्व सम्मेलन अर्थात महाधिवेशन नजिकिँदै गर्दा अध्यक्ष देखि विभिन्न पदका उम्मेदवारहरू प्रचारप्रसार र भेटघाट गर्दै आआफ्नो लबिङ गरिराखेका छन्। असोजको अन्तिम सातादेखि काठमाडौंमा हुन गइरहेको सम्मेलनमा अमेरिकाबाट दुई युवा तथा एनआरएन अभियान्ता डा।केशव पौडेल र गैरीराज जोशी उम्मेदवारी घोषणा संगै विभिन्न देश घुमिरहेका छन्। डा।पौडेल महासचिव र जोशि सचिवमा चुनावमा होमिने तयारी गरिराखेका छन्।

पौडेल दुई कार्यकाल अमेरिकाको अध्यक्ष भैसकेका छन् भने जोशी अमेरिकनको क्षेत्रीय अध्यक्ष हुन्। दुवै उम्मेदवारलाई एनआरएनमा निकै बलियो र लोकप्रिय उम्मेदवारका रूपमा हेरिएको छ। यसरी अमेरिकाबाट दुई महत्त्वपूर्ण पदमा दावेदार भएपछि अन्य देशबाट उम्मेदवार घोषणा गरेपनि प्रचारप्रसारमा जान सकेका छैनन् किनकि पौडेल र जोशी एनआरएनमा निकै चिनिने अनुहार हुन्।