रोहिणी गोलीकाण्डको सांसद विश्वकर्माद्धारा भ्रत्सना

प्रकाशित मिति:

रुपन्देही । रुपन्देहीको रोहिणी गाउँपालिका –३ बैकुण्ठपुरमा भएको गोली प्रहारको घटनाप्रति गम्भिर ध्यानाकर्षण भएको प्रतिनिधि सभा सदस्य छविलाल विश्वकर्माले वताउनु भएको छ । पुर्व मन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी नेकपाका स्थायी कमिटी सदस्य विश्वकर्माले विज्ञप्ती जारी गरी यस प्रकारका घटनाले स्थानीय नागरिकमा त्रास सृजना गरेको बताउदै आपाराधिक घटनाको कडा रुपमा निन्दा र भ्रत्सना गरेको उल्लेख गर्नु भएको छ । यो दुःखद अपराधिक घटनाको जानकारी पाउना साथ तत्कालै जिल्ला स्थित स्थानीय प्रशासनलाई सुरक्षा व्यवस्था कायम गर्न आवश्यक निर्देशन गरि सकिएको सांसद विश्वकर्माद्धारा जारी विज्ञप्तीमा जनाईएको छ ।

“अपराधिहरुलाई अविलम्ब कानुनको दायरामा ल्याई कडा कारवाही गर्न, पिडित परिवारलाई उचित क्षतिपूर्ती दिन र समाजमा शान्ति सुरक्षा कायम गर्न सरकारसँग जोडदार माग गर्दछु ।” विज्ञप्तीमा उल्लेख छ । ओमसतिया गाउँपालिका वडा नं। ५ वस्ने महेन्द्र कुर्मी माथी गोली प्रहार भएको थियो । भैरहवा स्थित हिमालयन बैङ्कवाट नगद लिई मोटरसाईकलमा घरतर्फ फर्कदै गरेका महेन्द्र कुर्मी माथी बैकुण्ठपुरमा गोली प्रहार भएको हो । गोली प्रहार पश्चात महेन्द्र कुर्मीसँग भएको नगद ५ लाख समेत लिएर अपराधीहरु फरार भएका छन । गोली प्रहारवाट महेन्द्र कुर्मीको ज्यान गएको छ ।