बाल दिवशमा महिनावारी व्यवस्थापनका सामाग्री वितरण ।

२९ भाद्र २०७६, आईतवार ०   बिचार / प्रतिक्रिया
30 Shares


डिलाराम भुसाल   कपिलबस्तु २९ भदौ  – बाल दिवशको अवषरमा कपिलवस्तुको वुद्धभुमी नगरपालिका १ मा महिनावारी व्यवस्थापनका सामाग्री वितरण गरीएको छ । सिद्धार्थ स्मारक मा.वि भेलाईका ६ देखी १२ जना वालिकाहरुलाई सामाग्री वितरण गरीएको हो । लुगा धुने सावुन , नुहाउने सावुन, घरेलु प्याड वनाउने समाग्री वितरण गरीएको छ र जसुमा जम्मा ४४० वालिकाले सामाग्री पाएका थिए । सेभ द चिल्ड्रेनको १०० औ जयन्ती मनाउने क्रममा सामाग्री वितरण गरीएको सेभ द चिल्ड्रेनका क्षेत्रीय निर्दैशक राजेन्द्र तुलाधरले वताएका छन् ।

वालिकाहरुका लागी प्याड अभाव भएको वेलामा प्रयोग गर्न सकिने र राम्रो संग धोएर पटक पटक प्रयोग गर्न सकिने तुलाधरले वताउनु भयो । उकत कार्यक्रममा सम्वोदन गर्दै वुद्धभुमी नगरपालिका मेयर केशव कुमार श्रेष्ठले वालिकाहरुको स्वास्थ्य हुनका लागी नगरपालिकाले पनी सहयोग गर्ने वताएका छन् । नगरपालिकाले समेत वजेट विनियोजन गरी महिनावारी व्यवस्थापन गर्ने प्रतिवद्धता गरेका छन् ।  कार्यक्रममा सनशाईन सामाजिक विकास संस्थाका स्वास्थ्य अधिकृत सविता उपाध्यय, सेभ द चिल्ड्रेन का राकेश यादव ले महिनावारी व्यवस्थापनका लागी सहजिकरण गरेका थिए । कार्यक्रम वुद्धभुमी नगरपालिका स्रोत व्याक्ति खेमराज पौडेलको संचालन नगर प्रमुख केशव कुमार श्रेष्ठको अध्यक्षतामा समपन्न भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया