किड्स हेभन ईड्डलिस स्कुलले मनायो बालदिवस

प्रकाशित मिति:

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका ११ मा रहेको किड्स हेभन ईड्डलिस स्कुलले बालदिवस मनाएको छ । विद्यालयमा स्थापित किड्स जुनियर रेडक्रस सर्कलको आयोजनामा विभिन्न नारा उल्लेखित पोष्टर बनाउने कार्यक्रम गरेको थियो । ̋सुनिश्चित बालअधिकार,समद्वृ् नेपालको आधार ̋ भन्ने नारामा विद्यार्थीहरुले पोष्टरबनाएका थिए । कार्यक्रममा १२ वटा ग्रुपको सहभागिता रहेको थियो । यसै गरी उक्त कार्यक्रममा विद्यार्थिहरुले आ आफ्ना सिर्जनसिलताको प्रयोग गरी तर्क वितर्क पनि गरेका थिए । अहिलेको अवस्थामा प्रत्यक्ष रुपमा देख्न सकिने विभिन्न बाल शोषण भएको र बालअधिकारको सुनिश्चितता नभएको कुरा कक्षा ८ की छात्रा प्रमिला रानाले आँखाभरी आँशु पार्दे वर्णन गरेकि थिइन । कार्यक्रम जुनियर रेडक्रसकी छात्रा बितिशा गौतमको अध्यक्षयता, विद्यालयको प्रबन्ध निर्देशक वेद गीरीको आतिथ्यता र छात्र दिेपेश गुरुङको सञ्चालनमा सम्पन्न भएको थियो ।