कन्चनपुरमा गोली चल्र्यो , चार घाईते

प्रकाशित मिति:

कञ्चनपुर – निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाका दोषीलाई पत्ता लगाउन माग गर्दै प्रदर्शनमा उत्रिएका प्रदर्शनकारी माथी प्रहरीले गोली चलाएको छ। विरोध गरिरहेका प्रदर्शनकारी र प्रहरीबीच झडप भएपछि प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन गोली चलाएको थियो। प्ररहरीको गोली लागेर ४ जना घाइते भएका छन्। घाइते चार जनालाई महाकाली अञ्चल अस्पतालमा उपचारको लागि लगिएको छ।

बिहानैदेखि कञ्चनपुरको महेन्द्रनगर बजार, सुडा, लालपुर, दैजी, चम्फापुर, सिसैया, भाँसीलगायतका बजारमा आन्दोलनकारीले टायर बालेर प्रदर्शन गरिरहेका थिए। आन्दोलनकारीले ‘निर्दोष दिलीप बिष्टलाई रिहा गर’, प्रहरी प्रशासन मुर्दावाद, निर्मला पन्तका दोषी पत्ता लगा जस्ता नारा लगाउँदै ठाउँठाउँमा सवारी साधन आवतजावतमा अवरोध पारेका थिए।

गत साउन १० गते साथीको घरमा गृहकार्य गर्न गएकी भीमदत्तनगरपालिका–२ खोल्टीकी १३ वर्षीया निर्मलाको शव ११ गते उखुबारीमा बलात्कार गरी विभत्स हत्या गरिएको अवस्थामा फेला परेको थियो। निर्मलाको वलात्कार पछि हत्या गरेको अभियोगमा घटनाको २४ दिनपछि सोमबार कञ्चनपुर प्रहरीले भीमदत्त नगरपालिका–१९ बागफाँटाका ४१ वर्षीया दिलीपसिंह विष्टलाई पक्राउ गरी सार्वजनिक गरेको थियो। विष्ट मानसिक अवस्था ठिक नभएको व्यक्ति रहेको बताउँदै घटनाको वास्तविक दोषी लुकाउन प्रहरीले मानसिक अवस्था ठिक नभएका व्यक्तिलाई पक्राउ गरी घटनालाई ढाकछोप गर्ने षडयन्त्र गरेको स्थानीएको आरोप छ। उता प्रहरीले सबै प्रमाणका आधारमा विष्ट नै दोषी रहेको दावी गर्दै आएको छ।

कञ्चनपुरको भीमदत्तनगरपालिका–२ खोल्टीका १३ वर्षीया निर्मला पन्तका हत्यारा पत्ता लगाउन मागसहित बिहीबार प्रदर्शन गर्दै विद्यार्थी। तस्बिर राजेन्द्रप्रसाद पनेरु रासस