ज्ञानेन्द्र शाहीलाई प्रक्राउ गरी प्रहरीले मुद्दा चलायो

प्रकाशित मिति:

काठमाडौ । आफूलाई भ्रष्टाचारविरोधी अभियान्ता बताउने ज्ञानबहादुर शाही ज्ञानेन्द्रलाई प्रहरीले पक्राउ गरी मुद्दा चलाएको छ। कुपोण्डोलस्थित नेपालका लागि नेपालीको कार्यालयमा पत्रकार सम्मेलन गर्दैगर्दा कुटिएपछि प्रहरीले शाहीलाई सुरक्षाका लागि भन्दै जावलाखेल पुर्याएको थियो। तर, उनलाई अभद्र व्यवहारसम्बन्धी मुद्दा चलाइएको ललितपुर प्रहरीले जनाएको छ ।

उनले सुरक्षाका लागि पुगेका प्रहरीमाथि अभद्र व्यवहार गरेको प्रहरीको आरोप छ। प्रहरीले उनलाई सुरक्षाका लागि लगेको भनिएको केही समयमै पक्राउ पुर्जी तयार गरी हिरासतमा राखेको जनाएको छ। उहाँमाथि अभद्र व्यवहार गरेको आरोप छ, त्यसैले हामीले ततसम्बन्धी मुद्दाको प्रकृया अघि बढाएका छौं, प्रहरी स्रोतले भन्यो।शाहीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईको ढिलाइले बुद्ध एयरको प्लेन एक घन्टा ढिला भएको भन्दै मन्त्रीलाई झपारेका थिए। तर, मन्त्री भट्टराईले आफ्नो कारणले १५ मिनेटमात्र फ्लाइट डिले भएको र आफूलाई गाली गर्ने गणतन्त्रविरोधी भएको बताएपछि शाहीले पत्रकार सम्मेलन गरेका थिए।