नेपालले भारतसँग यसरी गर्दै छ बिजुलीको व्यापार

३० भाद्र २०७६, सोमबार ०   बिचार / प्रतिक्रिया
35 Shares


काठमाडौं- नेपालले भारतसँग डे अहेड भोलिको लागि आज किन्न वा बेच्न बुक गर्ने र टर्म अहेड केही दिनपछिका लागि बुक गर्ने बजारमा विद्युत् व्यापार गर्ने भएको छ । यसका लागि भारतको सरकारी निकाय एनटीपीसी विद्युत् व्यापार निगम ९एनभीभीएन सँग सम्झौता समेत भइसकेको नेपाल विद्युत् प्राधिकरणले जानकारी दिएको छ ।सम्झौता अनुसार प्राधिकरणले विद्युत् व्यापारको स्टक मार्केटका रूपमा रहेका भारतका इन्डियन इनर्जी एक्सचेन्ज र पावर एक्सचेन्ज इन्डिया लिमिटेड नामक विद्युत् बजारबाट विद्युत् किनबेच गर्न सक्नेछ । यसका लागि एनभीभीएनले मध्यस्थकर्ताको भूमिका निर्वाह गर्ने सम्झौता भएको प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले जानकारी दिए ।‘भारतीय विद्युत् बजारमा हरेक १५र१५ मिनेटमा विद्युत्को नयाँ दर जारी हुने गर्छ,’ अधिकारीले भने, ‘उक्त बजारमा राति १२ बजेबाट बिजुली चाहिने वा दिने हो भने अघिल्लो दिन बिहान १० बजेभित्र बुक गरिसक्नुपर्छ ।’

अधिकारीका अनुसार नेपालले तामाकोशी जलविद्युत् आयोजनाको विद्युत् उत्पादन शुरू हुनुअघि नै उक्त बजारमा आफ्नो प्रवेश चाहिरहेको छ । ‘त्यसो हुन सके तामाकोशी आइसकेपछि बढी हुने विद्युत् हामी सोही बजारमा विक्री गरिहाल्न सक्ने थियौैं,’ अधिकारीले भने ।गएको डिसेम्बरमा भारतले संशोधन गरेको सीमापार विद्युत् व्यापार निर्देशिकामा छिमेकी देशहरूसँग डे अहेड र टर्म अहेड मार्केटबाट विद्युत् किनबेच गर्न सक्ने व्यवस्था राखिएको छ । यस व्यवस्थाबाट विद्युत् किन्दा तत्काल बढेको विद्युत् माग धान्न सजिलो हुनुका साथै महँगो पर्ने समयमा बढी विद्युत् उत्पादन गरी बेच्न पनि सकिन्छ । यो खबर आजको आर्थिक अभियान दैनिकमा छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • चौधरी फाउण्डेशनद्वारा मन्त्री बराल मार्फत अस्पताललाई भेन्टिलेटर हस्तान्तरण
  • तरूण विभागद्वारा कालिन्चोकका बाढीपिडितलाई राहत हस्तान्तरण
  • शेयर बजारमा अनलाइन प्रयोगकर्ता ५७ हजार
  • प्रदेश ५ को सामाजिक विकास मन्त्रालयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि
  • पश्चिम नवलपरासीमा शनिबार देखी एक हप्ता सम्म निषेधाज्ञ
  • लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष खड्का पक्राउ
  • रुपन्देहीमा थप ११ जनामा कोरोना संक्रमण
  • सिन्धुपाल्चोक पहिरो : चारको शव भेटियो, ३४ बेपत्ता
  • लायन्स क्लब अफ बुटवल जितगढीद्वारा गुल्मीका पहिरो पीडितलाई सहयोग !
  • घ्याल सुम्दो सेवा संस्था अमेरिकाको बैठक सम्पन्न,महासचिवमा छोन्जोम लामासहितका पदाधिकारीहरु…