भिरकोट नगरपालिकालाई आगामी चैत्र भित्र बालमैत्री नगर घोषणा गर्छौ : नगर प्रमुख खनाल

प्रकाशित मिति:

भिरकोट । सुनिश्चित बालअधिकार समृद्ध नेपालको आधार भन्ने नाराका साथ राष्ट्रिय बाल दिवस भीरकोटमा पुरस्कार वितरण गरी मनाईएको छ । भीरकोट नगरपालिकाले दिवसका अवसरमा सञ्चालन गरेको विभिन्न प्रतियोगिताका विजेता तथा उपविजेताहरुलाई आईतबार एक समारोहका बीच पुरस्कार तिवरण गरेको हो । कार्यक्रममा नगरप्रमुख छायाराम खनालले २१औँ सताब्दीका विद्यार्थी भनेका अन्तराष्ट्रिय स्तरमा प्रतिष्पर्धा गर्न सक्ने खालको हुनुपर्ने भन्दै यसका लागी भीरकोट नगरपालिका उचित शिक्षा नितिका साथ शैक्षिक गुणस्तरमा कटिवद्ध भएर लागी परेको जानकारी गराए । साथै प्रमुख खनालले भीरकोटलाई आगामी चैत्र भित्र बालमैत्रि नगर घोषणा गर्ने प्रक्रियामा रहेको भन्दै सोही अनुसारका कार्यक्रमहरु सञ्चालन गरिहेको वताए । ५ खम्बे निति अन्र्तगत १ खम्बेमा बाल बचाउ, संरक्षण, विकास र सहभागिता रहेको भन्दै नगरपालिकामा कोही बालबालिका पनि शिक्षाको उज्यालोबाट वञ्चित नहुँने खनालको दावी छ ।कार्यक्रममा वालिङ नगरप्रमुख दिलिपप्रताप खांणले भीरकोट नगरपालिकाले छोटो समयको अवधिमा समेत नमुना कार्यहरुमा अग्रसर रहेको भन्दै नमुना कार्यको वालिङले समेत अनुशरण गर्दै दुई नगरपालिका समन्वयकारी भुमिकाका साथ अगाडि बढ्ने बताए ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी नेकपाका भीरकोट नगर सचिव विश्वनाथ अर्याल, नेपाली कागे्रस महाधिवेसन प्रतिनिधि गोविन्दकुमार कर्माचार्य, दहथुम बहुमखी क्याम्पसका सञ्चालक समिति अध्यक्ष पिताम्बर श्रेष्ठ, पब्लिक एकेडेमी माविका शिक्षक देवकी रेग्मीलगायतले आफ्नो धारणा राखेका थिए । कार्यक्रममा कक्षा ३ का विद्यार्थीबीच भएको पठन सिप प्रतियोगिता, अन्र्तमावि स्तरीय वतृत्वकला प्रतियोगिता, कविता प्रतियोतिगा, वातावरण दिवसका अवसरमा आयोजित निबन्ध प्रतियोगिताका विजेता तथा उपविजेता विद्यालय तथा विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो । कार्यक्रम भीरकोट नगर बाल संजालका अध्यक्ष सुदिप पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो भने स्वागत प्रमुख प्रशासकिय अधिकृत धर्मराज ढुङगाना र सञ्चालन संजाल सचिव सुजाता खत्रि र सदस्य यूविना गुरुङले गरेका थिए । कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थीहरुले गीत नृत्यसहित सांस्कृतिक प्रस्तुती प्रस्तुत गरका थिए । वातावरण दिवसका अवसरमा आयोजित निवन्ध प्रतियोगितामा शहिद शुक्र माविकी अपेक्षा केसी प्रथम, दहथुम माविकका शिशिर काफ्ले द्धितिय, महेन्द्रज्योति माविका क्रिष्टना थापा तृतिय र भाग्योदय माविकी शुसिला खनाल सान्त्वना भएकी छन् । त्यस्तै अन्तरमावि निबन्ध प्रतियोगितामा शहिद शुक्रकी प्रमिला खत्रि प्रथम, भुपूसैनिकका रुविना गुरुङ द्धितिय, राजेन्द्र भवानी माविका तिलोचन अर्याल तृतिय र शहिद शुक्रका सन्तोष एसके सान्त्वना भएका छन् ।

त्यस्तै अन्र्तमावि कविता प्रतियोगितामा बालोदयकी रितू अर्याल प्रथम, शहिद शुक्रकी अपेक्षा केसी द्धितिय, सिरकोट माविकी आरती एसके तृतिय र भुपूसैनिककी समिक्षा राना सान्त्वना भएकी छिन् । त्यस्तै वतृत्वकला प्रतियोगितामा पब्लिक एकेडेमीकी यूबिना गुरुङ प्रथम, शहिद शुक्रकी अपेक्षा केसी द्धितिय, बालोदयकी मातृका रेग्मी तृतिय र दहथुमका शिशिर काफ्ले सान्त्वना भएका छन् । त्यस्तै कक्षा ६ र ८ का विद्यार्थीबीच भएको हाँजिरिजवाफ प्रतियोगितामा शहिदकी एमिशा काफ्ले, नमिसा काफ्ले र कविन्द काफ्लेको समुह प्रथम, भाग्योयदयका सुसिल खनाल, आरती कुँवर र कवित रेग्मीको समुह द्धितिय, बालोदयका प्रान्जल तिवारी, रिता अर्याल र विशाल अर्यालको समुह तृतिय र भुपूसैनिकका समिर केसी, दिया रोका र कृष्णकुमारी खत्रिको समुह सान्त्वना भएका छन् । त्यस्तै पठन सिपतर्फ शहिद शुक्र मावि केन्द्रबाट गरिएको प्रतियोगितामा महालक्ष्मी आधारभुत विद्यालयकी रितू गुरुङ प्रथम, शहिद शुक्रकी भुमिका खत्रि द्धितिय, बटुक भैरव आधारभुतकी रेश्मी जिटी तृतिय भएकी छिन् । त्यस्तै दहथुम मावि केन्द्रबाट भएको प्रतियोगितामा बालज्योति माविका सिमरन खांण प्रथम, दहथुम माविका अनिसा गोतामे द्धितिय, बुद्ध मेमोरियलका जेनिसा खड्का तृतिय र भुपू सैनिकका अनन्त परियार सान्त्वना भएका छन् । त्यस्तै भाग्योदय मावि केन्द्रबाट भएको प्रतियोगितामा बालोदयकी सुविधा थापा प्रथम, पब्लिक एकेडेमीका अस्मि परियार द्धितिय र भाग्योदयका कुशल रेग्मी तृतिय र जनप्रिय माविका प्रशान्त सिके सान्त्वना भएका छन् । त्यस्तै ठुलीभञ्इाङ माविबाट भएको प्रतियोगितामा सिरुखर्क जोगिस्थानका टेकनाथ भुषाल प्रथम, पिपलडाँडा माविका अनिष्मा सारु द्धितिय, सिरुखर्ककी मनिका विक तृतिय र सुर्यमुखी आधारभुतकी शिवानी गुरुङ सान्त्वना भएकी छिन् । कार्यक्रमको स्वागत मन्तव्य भीरकोट नगर उपप्रमुख सिमा कर्माचार्यले र धन्यवाद मन्तव्य भीरकोट नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत धर्मराज ढुंगानाले गरेका थिए ।