उच्च शिक्षामा विदेश मोह, ९ वर्षमा ३ लाख बाहिरिए

३० भाद्र २०७६, सोमबार ०   बिचार / प्रतिक्रिया
31 Shares


पछिल्ला नौ वर्षमा ३ लाख २ हजार बढी विद्यार्थी अध्ययनकै लागि भनेर बिदेसिएको पाइएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको तथ्यांकअनुसार नौ वर्षमा ३ लाख २ हजार ७ सय ९३ जना विद्यार्थीले विदेशमा अध्ययनका लागि अनुमति लिएका छन् । यो तथ्यांकका आधारमा दैनिक १६४ जना विद्यार्थी बिदेसिने गरेको देखिन्छ ।२०६७र६८ मा ११ हजार ९ सय ८२ जना र २०६८र६९ मा १० हजार ३ सय २४ जनाले अनुमति लिएका छन् । विदेशमा अध्ययनका लागि जानुअघि शिक्षा मन्त्रालयमार्फत नो अब्जेक्सन सर्टिफिकेट एनओसी लिनुपर्ने प्रावधान छ ।यस्तै, २०६९र७० मा १६ हजार ५ सय ४, २०७०र७१ मा २८ हजार १ सय २६ र २०७१र७२ मा ३० हजार ६ सय ९६ जनाले अनुमति लिएको शिक्षा मन्त्रालयका सहसचिव हरि लम्सालले बताए ।

तर, सरकारले ती विद्यार्थीको अवस्थाबारे तथ्यांक राख्न सकेको छैन । जसकारण, विदेशमा नेपाली विद्यार्थीको अवस्थाबारे सरकारलाई जानकारी छैन ।दैनिक १६४ जना विद्यार्थी पलायनत्र सरकार भन्छ स् जनशक्ति प्रक्षेपण प्रतिवेदनले समस्याको हल निस्कन्छयसैगरी, २०७२र७३ मा ३२ हजार ४ सय ८९, २०७३र७४ मा ५० हजार ६ सय ५९ जना, २०७४र७५ मा ५८ हजार ७ सय ५८ र २०७५र७६ मा ६३ हजार २ सय ५९ जना विद्यार्थी बिदेसिएको शिक्षा मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।अध्ययनका लागि नेपाली विद्यार्थीहरू अस्ट्रेलिया, अमेरिका, क्यानडा, जापानलगायतका ६० वटा देशमा जाने गरेका छन् । पछिल्लो तथ्यांकअनुसार ३ लाख ६१ हजार ४ सय ५५ जना विद्यार्थीले नेपालमा उच्च शिक्षा अध्ययन गरिरहेका छन् । यो खबर आजको राजधानी दैनिकले छापेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया