आफ्नो जन्मदिनमा गिरी द्वारा विद्यालयलाई सहयोग

प्रकाशित मिति:

बुटवल, शिक्षा प्रेमी तथा समाजसेबि अनिल गिरीले आफ्नाे जन्मदिन विद्यालयलाई सहयोग गरेर मनाएका छन् ।

बुधबार तिलोत्तमा ३ सिमानगरमा रहेको श्री हाम्रो सगरमाथा आधारभुत विद्यालय लाई नगद रु १० हजार १ सय रुपैया सहयोग गर्दै विद्यालयका विद्यार्थी संगै गिरीले जन्मदिन मनाएका हुन ।

विद्यालयलाई सहयोग गर्दै गिरीले भने जन्मदिनको अवसरमा अनाबश्यक खर्च गर्नुभन्दा समाजिक क्षेत्रमा खर्च गर्दा लाभ हुने बताए साथै उनले थपे सबैले आफ्नो जन्मदिन लगायत अन्य विभिन्न उत्सब हरुमा कुनै एक दिन भएपनी अनाबश्यक खर्च गरेर पाटीको आयोजना गरि उत्सब मनाउनु भन्दा सामाजिक कार्यमा सक्दो सहयोग गर्न सक्ने हो भने मानवीय कर्तव्य पूरा हुने बताए ।

केही वर्ष देखी निरन्तर विद्यालयलाई सहयोग गरेको भन्दै विद्यालयले गिरीलाई शुभकामना सहित धन्यबाद ब्यक्त गरेको थियो । गिरीले गत वर्ष पनि सोही विद्यालयलाई ११ हजार सहयोग गरेका थिए ।

थप समाचार