सैनामैनामा मनाईयो बाल दिवस

प्रकाशित मिति:

जगिलाल थापा– सुनिश्चित बाल अधिकार, समृद्ध नेपालको आधार” भन्ने मुल नाराका साथ बाल दिवसको अवसरमा सैनामैना नगरपालिकामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । सैनामैना नगरपालिकाको आयोजनामा रामापुर मा।बि।मा प्रतियोगिता सम्पन्न भएको छ ।  प्रतियोगितामा प्रभात ईलिश बोर्डिङ स्कुलका छात्र माधव खनाल प्रथम, सरस्वती मा।बि।की शोभा पौडेल द्धितिय, रामापुर मा।बि।की मोना गौतम तृतिय र रामापुर रिभाईभल्स की सृष्टी ढकाल सान्तवना हुन सफल भएका छन । प्रतियोगितामा सैनामैना भरीका २० बिधालयका बिधार्थी सहभागी भएका थिए ।

बिजय प्रतियोगीलाई पुरुस्कार तथा प्रमाण पत्र बितरण गर्दै सैनामैना नगरपालिकाका प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथि चित्र बहादुर कार्कीले अब छिटै सैनामैना नगरपालिकालाई बालमैत्री नगर बनाईने बताउनु भएको थियो ।  नगरपालिकाले प्राथमिक तहमा भर्ना भएका जुनसुकै विद्यार्थीले पनि माध्यमिक तहको शिक्षा पूरा गर्ने सुनिश्चितताको लागि लक्षित वर्ग केन्द्रित छात्रवृत्ति, दिवा खाजा र विद्यार्थीमैत्री पाठ्यक्रमको व्यवस्था गर्ने नीति लागू गर्ने बताउनु भएको हो।  बालबालिकाको क्षमता अभिबृद्धि हुने खालका कार्यक्रमहरु संचालन गर्ने तयारीमा नगरपालिका रहेको प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद भण्डारी बताउनु भएको थियो ।  कार्यक्रममा सैनामैना नगरपालिकाकी उपप्रमुख बिना राना, शिक्षा शाखा प्रमुख हेमराज अर्याल, महिला बिकास शाखा की तुल्सा ज्ञवाली,रामापुर मा।बि का प्र।अ कृष्ण प्र।पौडेल ,बिधार्थी शिव अधिकारी लगायतले बाल अधिकारका बिषयमा बोल्नु भएको थियो ।