आलियाका ट्रान्सपेरेन्ट स्यान्डलले किन पाए यतिबिधि चर्चा ?

३० भाद्र २०७६, सोमबार ०   बिचार / प्रतिक्रिया
68 Shares


एजेन्सी- भारतीय सुन्दरी नायिका आलिया भट्ट पछिल्लो समय नयाँ प्रेमी तथा बलिउड ह्याण्डसम हिरो रणवीर कपुरका कारण पनि लगातार चर्चामा छिन् । यसअघि पनि ४ जना पुरुषसँग रिलेशनमा रहँदै चर्चामा आउकी आलिया बलिउडकी सफल नायिका मानिन्छिन् । सानै उमेरमा ठूलो प्रगती गरेकी सुन्दरी आलियाका साना साना विषयले सामाजिक संजाल र मिडिया समेत रंगीने गरेका छन् । जसको पछिल्लो उदाहरण हो स्यान्डल चर्चा ।

ह्याण्डब्यागदेखि लिएर ड्रेसेज र फुटवेयर सबैको चर्चा हुँदै आएको छ । प्राय आलियाले महंगो ब्राण्डका चिजहरु क्यारी गर्दै आएको समयमा यतिबेला उनी डार्क पिंक कलरको आउटफिटको साथमा ह्वाइट एण्ड ट्रान्सपेरेन्ट स्यान्डलमा देखिँदा मिडियाको नजरमा परिन् । जसका कारण यतिबेला उनको ट्रान्सपेरेन्ट स्यान्डल निकै ट्रेण्डमा छ । आलियाको यस ट्रान्सपेरेन्ट स्यान्डल इटालियन ब्राण्ड ‘निओस’को हो । यस स्याण्डलको सोल र लाइनिङ १०० प्रतिशत लेदरको बनाइएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया