काँग्रेसको पार्टी विधान संशोधन मस्यौदा समिति गठन

विधान संशोधन

प्रकाशित मिति:

काठमाडौं / नेपाली कांग्रेसले पार्टीको विधान संशोधन गर्न विधान संशोधन मस्यौदा समिति गठन गरेको छ ।

मुलुकको नयाँ संघीय संरचना अनुसार नेपाली कांग्रेस पार्टीका संगठनात्मक संरचनाहरुलाई पुर्नसंरचना गर्नका लागि कांग्रेसको विधानमा आवश्यक संशोधन र परिमार्जन गर्न, कांग्रेस केन्द्रीय कार्य समितिको २०७५ वैशाख १६ गते सम्पन्न बैठकले कांग्रेसको विधान २०१७ (संशोधित र परिमार्जित) को धारा २२ ९५० बमोजिम पार्टी विधान संशोधन मस्यौदा समिति गठन गरिएको मुख्य सचिब कृष्ण प्रसाद पौडेलद्धारा जारी बिज्ञप्तीमा जनाइएको छ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान २०१७ (संशोधित र परिमार्जित) को धारा २४ ९८० बमोजिम पूर्णबहादुर खड्काको संयोजकत्वमा विधान संशोधन मस्यौदा समिति गठन गरेका छन् ।

समितिको सदस्यहरुमा केन्द्रीय सदस्यहरु डा। मिनेन्द्र रिजाल, फरमुल्लाह मंसुर, मानबहादुर विश्वकर्मा, दिलेन्द्रप्रसाद बडू, महालक्ष्मी उपाध्याय ‘डिना’, आनन्दप्रसाद ढुंगाना रहेका छन् । त्यस्तै नवीन्द्रराज जोशी, सीता गुरुङ, प्रदीप पौडेल र रमेश लेखक रहेका छन् ।

समितिले पार्टी सभापतिसंग परामर्श गरी आफ्नो कार्यविधि आफै तयार गरी लागु गर्नेछ । साथै, समितिका संयोजकले आवश्यकतानुसार विभिन्न व्यक्ति तथा संस्थाहरुलाई आफ्नो समितिमा आमन्त्रण गर्न सक्ने बिज्ञप्तीमा उल्लेख छ । मस्यौदा समितिको पहिलो वैठक शुक्रबार ९ बजे बस्ने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।