कालिकामा बाल दिवसको अवसरमा विविध कार्यक्रम सम्पन्न

३० भाद्र २०७६, सोमबार ०   बिचार / प्रतिक्रिया
218 Shares


सबलपोस्ट /गुल्मी – बाल दिवस २०७६ को पावन अवसरमा श्री कालिका इङ्लिस बोर्डिङ्ग स्कूल धुर्कोट-५, बस्तु गुल्मीले बोर्डिङ्गकै क्लब कालिका चिल्ड्रेन (बाल) क्लवको अायोजनामा बाल र्याली, वक्तृत्व कला, कविता वाचन लगायतका कार्यक्रमहरु सम्पन्न गरेको छ । कालिका बोर्डिङ्गका प्रिन्सिपल तथा क्लवका संरक्षक नारायण प्रसाद पाण्डेको सभापतित्व रहेको कार्यक्रममा धुर्कोट गाउँपालिका वार्ड नं. ५ का वडा अध्यक्ष ढुण्डिराज भण्डारीको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा विद्यार्थी , शिक्षक लगायतले बाल अधिकार र बाल अधिकारका बिषयमा अन्तकृया एबम परामर्श समेत गरेका थिए ।  कार्यक्रमका प्रमुख अतिथी समेत रहेका वडा अध्यक्ष भण्डारीले धुर्कोट गाउँपालिकाको एक मात्र निजी बिद्यालय कालिका बोर्डिङ नमुना बोर्डिङको रुपमा रहेको बताएका थिए ।  उनले समस्त वडा बासिको गौरबका रुपमा रहेको बोर्डिङलाई सबैले साथ दिनु अपरिहार्य रहेको बताएका थिए ।  निजी बिद्यालय र सरकारी बिद्यालयको तुलना गर्नु आँफैमा गलत पाटो रहेको बताउदैँ  उनले  आफ्नो तर्फबाट बोर्डिङलाई सक्दो सहयोग समेत गर्ने प्रतिबद्दता ब्यक्त गरेका थिए ।

त्यस्तै कार्यक्रमका सभापति एबम बोर्डिङका प्रिन्सिपल नारायण प्रसाद पाण्डेले बालबालिकाहरुलाई रचनात्मक कार्यक्रम गरेर उनिहरुको शिक्षा प्राप्त गर्ने माध्यमलाई मजबुद बनाउन लागि परेको बताएका थिए । उनले बोर्डिङ बाट आधारभुत तह उतृण गरी उच्च शिक्षाका लागि गएका विद्यार्थीहरुले इज्जत समेत राखेको बताएका थिए । साथै उनले गाउँपालिकाको एक मात्र निजी क्षेत्र बाट सञ्चालित बोर्डिङलाई सबैले सहयोग गर्न अपिल गरेका थिए । विज्ञान विभाग प्रमुख अशोक भण्डारीको सञ्चालनमा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया