विपदका विषयमा वर्षभरि जनचेतना फैलाउन जरुरी : मन्त्रि केसी

प्रकाशित मिति:

प्रदेश नं. ५ का आन्तरिक मामिला तथा कानुन मन्त्री कुल प्रसाद केसीले विपत्तिलाई न्युनिकरण गर्न सबैका बीच सहकार्य र हातेमालो आवश्यक रहेको बताउनु भएको छ । उहाँले प्रकोप र विपत प्राकृतिक र मानव जात संरचनाले समेत निम्त्याउने भएकाले त्यस तर्फ सबैले ध्यानदिन आवश्यक रहेको बताउनुभयो ।

प्रकोप र विपतका कुरा बर्षायामका तीन महिनालाई मात्र जोड दिइएको पाइएकाले अब बर्षभरी प्रकोप सचेतनाका कार्यक्रम गर्नु अति खाचो रहेकोमा जोड्दिनु भयो । मन्त्री केसिले बिपत न्यूनीकरणका लागि प्रदेश सरकारमा पनि छलफल भैरहेको जानकारी दिनुभयो । नमुना एकीकृत बिकास परिषद रुपन्देहीले लुम्बिनीमा आयोजना गरेको विपत जोखिम न्युनिकरणका लागि सञ्चार माध्यम र सञ्चारकर्मीको भुमिका बिषयक तालिम कार्यक्रमका सहभागीलाई प्रमाणपत्र वितरण गर्दै मन्त्री केसिले बिपत र प्रकोप न्युनिकरणका लागि सन्चारकर्मिको भुमिका महत्त्वपुर्ण हुने भएकाले संचारकर्मीलाई संबेदनसिल बन्न र जिम्मेवारी बहन गर्न सुझाव दिनुभयो ।

विपत कसैलाई भनेर नआउने उल्लेख गर्दै यसको रोकथाम पुर्बतयारी र सचेतना नै भएकाले यसको महत्वपुर्ण भुमिका सन्चारकर्मीले खेल्नु पर्ने बताउनुभयो । उहाभन्नुहुन्छ( “यस्ता बिषयमा समाचार लेख्दा पत्रकारको संबेदनसिलता बढी हुने भएकाले त्यसतर्फ सन्चारकर्मिले बढी जोड दिदिनुपर्छ ।” नमुना एकीकृत बिकास परिषद रुपन्देहिका अध्यक्ष ज्ञानु पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा संघिय प्रहरी इकाईका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) राजेन्द्र ढकाल, युनिसेफका रिद्दी शर्मा, पत्रकार दिपेन्द्र बड्वाल, भगवती पाण्डे, परिषदका सचिब शैलेन्द्र तुलाधर लगायतले सन्चारकर्मीका लागि तालिम महत्त्वपूर्ण भएकाले ब्यवहारमा उतार्न आग्रह गर्नु भयो ।

रुपन्देहीका छापा तथा बिद्धुतिय सन्चार माध्यमका दुई दर्जनबढी सन्चारकर्मीको सहभागिता रहेको तालिम बुधबारबाट शुरु भएको थियो । प्रकोप र प्रकोपपछि निम्तिने विपत जोखिम संबेदनसिलता र सचेतनाबारे पत्रकारलाई जानकारी दिन र समाचार लेखन क्षमता अभिबृद्धिका लागि तालिम दिईएको हो ।

वल्ड भिजनको सहयोगमा भएको कार्यक्रमको सहजीकरण नेपाल क्रीएटिभ हाउसका प्रमुख प्रशिक्षक श्रीराम सिंह बस्नेत र सारदा बस्यालले गर्नु भएको थियो ।