डेंगु भएमा तीनहजार रुपियाँ उपचार खर्च दिइने

३० भाद्र २०७६, सोमबार ०   बिचार / प्रतिक्रिया
109 Shares


हेटौँडा – राक्सिराङ गाउँपालिकाले डेंगुको रोग लागेका विरामीलाई यातायात र खानाखर्चबापत तीनहजार रुपियाँ दिने निर्णय गरेको छ  राक्सिराङ गाउँपालिकामा डेंगुको उपचार गर्ने ठूला स्वास्थ्यसंस्था नभएकाले मनहरी, हेटौँडा तथा चितवनका अस्पतालमा जानुुपर्ने बाध्यता रहेकाले यस्तो निर्णय गरिएको गाउँपालिका अध्यक्ष राजकुमार मल्लले बताउनुभयो ।

गाउँपालिकाभित्रका स्थानीय नागरिकमा साबिक राक्सिराङ, काँकडा, खैराङ र सरिखेत गाउँ विकास समितिहरु मिलेर बनेको राक्सिराङ गाउँपालिकामा साविकका गाविसतर्फ १÷१ स्वास्थ्यचौकीहरु रहेका छन् । स्वास्थ्यचौकीहरुमा चिकित्सकीय सेवा नहुने भएकाले डेंगुको संक्रमण भएको पहिचान गर्नकै लागि पनि अन्यत्र जानुपर्ने बाध्यता रहेको छ । डेंगु पहिचानको बाध्यतालाई सजिलो पार्नका लागि गाउँपालिकाले हरेक स्वास्थ्यचौकीमा ३०/३० थान डेंगु परिक्षण किट पठाएको स्वास्थ्य संयोजक बिजय कापरीले बताउनुभयो । डेंगु किट पठाइएसँगै ४ वटै स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीलाई मनहरीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याएर डेंगु किट परिक्षण तरिका सिकाएर गाउँ पठाइएको कापरीले जानकारी दिनुभयो ।

‘अब गाउँमै डेंगु परिक्षण हुन्छ’, स्वास्थ्य संयोजक कापरीले भन्नुभयो–‘रगत परिक्षणपछि डेंगु प्रमाणित भएमा ३ हजार रुपियाँ नगदै दिएर डेंगुका विरामीलाई उपचारका लागि मनहरी, हेटौँडा वा चितवनका अस्पतालहरुमा पठाइने छ ।’ हालसम्म राक्सिराङ गाउँपालिकाभित्र वडा नं ३ का २ जना मानिसहरुमा मात्रै डेंगु संक्रमण देखिएको उहाँले जानकारी दिनुभयो । यसैबीच, मनहरी प्राथमिक स्वास्थ्य केन्द्रका लागि राक्सिराङ गाउँपालिकाले एकसय थान डेंगु परिक्षण किट प्रदान गरेको छ । राक्सिराङ गाउँपालिकाका बिरामीहरु पनि स्वास्थ्य केन्द्र आउने हुँदा सुविधाका लागि किट प्रदान गरिएको अध्यक्ष मल्लले जानकारी दिनुभयो । स्वास्थ्य केन्द्रमा हालसम्म १८ जनामा डेंगु संक्रमण भएको डा. दीपेन्द्र पौडेलले जानकारी दिनुभएको छ । – गोरखापत्रमा यो खबर प्रकाशित छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • बाँकेमा गाडी दुर्घटना हुदा ११ जनाको मृत्यु भयो
  • आज सोमबारको राशिफल
  • स्याङ्जा र तनहुँका थप तीन जनामा कोरोना संक्रमण पुष्टि
  • यसै वर्षको अन्तमा कोरोनाको भ्याक्सिन विश्वबजारमा आउने दाबी
  • निःशुल्क पीसीआर परीक्षण गर्न सर्वोच्चको आदेश
  • अमेरिकामा चारसय स्वास्थकर्मीलाई नेपालीले खुवाए खाना
  • बुटवलको कोरोना विशेष अस्पतालबाट निको भएर चार जना घर फर्किए
  • नवलपरासीमा नंया प्रहरी प्रमुख आएसंगै तस्करहरुको भागाभाग
  • लकडाउन लम्ब्याउने हो भने नागरिकहरुको हेरचाह गर्ने सम्पूर्ण जिम्मेवारी राज्यले…
  • आँधिखोला लघुवित्त वित्तिय संस्था द्वारा प्रदेश–५को विपद् ब्यवास्थापन राहत कोषमा…