रौहानी–ट्रम्प भेटवार्ताको कुनै योजना नरहेको इरानको भनाइ

प्रकाशित मिति:

तेहरान – इरानी राष्ट्रपति हसन रौहानीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग तत्काल कुनै भेटवार्ताको सम्भावना नरहेको जनाएको छ ।संयुक्तराष्ट्र संघको महासभाका अवसरमा दुबै नेताबीच न्यूयोर्कमा भेटवार्ता हुनसक्ने अडकलबाजी गरिएको भए पनि वार्ताको कुनै योजना नरहेको इरानी विदेश मन्त्रालयका प्रवक्ता अब्बास मौसबीले बताए । इरानी सरकारी टेलिभिजनलाई दिएको अन्तर्वार्तामा प्रबक्ता मौसबीले भनेका छन्– ‘हामीले वार्ताको कुनै योजना पनि बनाएका छैनौं, र मेरो विचारमा न्यूयोर्कमा भेटघाट हुने कुनै सम्भावना छैन ।’ केहीअघि अमेरिकी राष्ट्रपति ट्रम्पले इरानी राष्ट्रपतिसँग न्यूयोर्कमा भेटवार्ता हुनसक्ने बताएका थिए ।

इरानी राष्ट्रपति हसन रौहानीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग तत्काल कुनै भेटवार्ताको सम्भावना नरहेको जनाएको छ ।संयुक्तराष्ट्र संघको महासभाका अवसरमा दुबै नेताबीच न्यूयोर्कमा भेटवार्ता हुनसक्ने अडकलबाजी गरिएको भए पनि वार्ताको कुनै योजना नरहेको इरानी विदेश मन्त्रालयका प्रवक्ता अब्बास मौसबीले बताए । इरानी सरकारी टेलिभिजनलाई दिएको अन्तर्वार्तामा प्रबक्ता मौसबीले भनेका छन्– ‘हामीले वार्ताको कुनै योजना पनि बनाएका छैनौं, र मेरो विचारमा न्यूयोर्कमा भेटघाट हुने कुनै सम्भावना छैन ।’ केहीअघि अमेरिकी राष्ट्रपति ट्रम्पले इरानी राष्ट्रपतिसँग न्यूयोर्कमा भेटवार्ता हुनसक्ने बताएका थिए ।