जुम्लाको ओखरपाटामा भुवानी देवताको मेला मनाइयो

३० भाद्र २०७६, सोमबार ०   बिचार / प्रतिक्रिया
524 Shares


जुम्ला- जुम्लाको ओखरपाटा गाँउका स्थानीयवासीले उन्नर्ते पूर्णिमाको अवसरमा भुवानी देवताको मेला मनाएका छन् । ओखरपाटा गाँउका एक सय ५० घरधुरीका स्थानीयहरुले पूर्णिमा रात र अर्को दिन धार्मिक नाच, भजन, किर्तन गरेर मेला मनाउने गरेका छन् ।जुम्लाको कनकासुन्दरी ३ मा रहेको ओखरपाटा गाँउका स्थानीयवासीले उन्नर्ते पूर्णिमाको दिन भुवानी देवताको मेला मनाउने गरेका छन् । पूर्णिमाको दिन र रातभर उनीहरुले धार्मिक नाच र भजनकिर्तन गरेर भुवानी देवीको प्रार्थना गरेर मेला मनाउछन् । मेलामा महिला र पुरुषको स्थानीय पन्चेबाजा, दमाहा, ताल, नरसिम्हा बजा बजाएर छुट्टाछुट्टै खालको देउडा नाच हुने गरेको छ ।मनले सोचेको पुरा हुने विश्वासका साथ भुवानी देवीको पूजा गर्ने गरिन्छ । भुवानी देवीको साथै मेलामा मष्टा, कुलदेव, कालासिल्तो, महादेव लगायतका देवीदेवताको पुजा पाठ गर्ने गरिन्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया