सहमति भाँडिएपछि बाँके घटनालाई लिएर नेकपा र काँग्रेसको दूरी बढ्ने

३० भाद्र २०७६, सोमबार ०   बिचार / प्रतिक्रिया
137 Shares


काठमाडौं- प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधका कारण सोमबारको प्रतिनिधिसभा बैठक पनि प्रभावित भएको छ । प्रतिनिधिसभाको बैठकमा सत्तापक्षका सांसदले बाँके घटनालाई लिएर वडा अध्यक्षलाई मुद्दा चलाउन नपाईने भन्दै विरोध गरेपछि प्रतिवादमा कांग्रेस सांसदहरु विरोधमा उत्रिएका हुन् ।बाँके घटनालाई लिएर खजुरा गाँउपालिका वडा नम्बर १ का अध्यक्ष सुमन मल्लविरुद्ध दिएको किटानी जाहेरी दर्ता भएसंगै कांग्रेस संसद संचालन गर्न सहमत भएको थियो । कांग्रेसले दोषीलाई कारवाहीको प्रतिवद्धता सरकारबाट मागिरहेका बेला सहमति विपरित सत्तापक्षकै सांसदले घटनाको बारेमा भिन्न दाबी प्रस्तुत गरेपछि सहमति भाँडिएको थियो ।

सत्तारुढ दल नेकपाका सांसद नन्दलाल रोका क्षेत्रीले विरोध जनाए लगत्तै कांग्रेस सांसदहरुले उठेर विरोध जनाएका थिए । सांसद रोकाको अभिव्यक्ति पछि कांग्रेसका सांसदहरुले बोल्न समय मागेका थिए ।तर सभामुखले समय नदिएपछि उनीहरुले वेल घेराउ गरी आधा घण्टा नाराजाबी गरेका थिए । नाराबाजी जारी रहेपछि सभामुख कृष्ण बहादुर महराले आगामी असोज १ गते विहान ११ बजे सम्मका लागि स्थगित गर्नुभएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया