सैनामैनामा अपाङ्गता भएकालाई निशुल्क हवील चियर तथा ट्राई साईकल अपाङ्गमैत्री नगर बनाउछौ: मेयर कार्की

प्रकाशित मिति:

टिका खरेल- सैनामैना/संबिधान दिवस तथा बाल दिवसको अवसरमा सैनामैना नगरपालिकामा अपाङ्गता भएका १६ जनालाई निशुल्क हवील चियर तथा ट्राई साईकल बितरण गरिएको छ ।दातृ संस्था अमेरिकी संस्था एलडिएस च्यारिटिस र सैनामैना नगरपालिकाको आर्थिक सहयोग तथा राष्ट्रिय अपाङ्गता पुनस्थापना समाज काठमाण्डौ र रुपन्देही अपाङ्गता पुनस्थापना केन्द्र सैनामैनाको सहजीकरणमा हवील चियर तथा ट्राई साईकल बितरण गरिएको हो ।

सैनामैना नगरपालिकामा अब बन्ने सरकारी संरचना लाई अपाङ्गमैत्री बनाउने सैनामैनाका नगर प्रमुख चित्र बहादुर कार्कीले बताउदै अपाङ्गता भएका ब्यतिको सम्मानित र सुबिधाजनक जिवन जिउने बाताबरण तयार गर्ने तर्फ नगरपालिका सचेत रहेको बताउदै प्रमुख कार्कीले हवील चियर तथा ट्राई साईकलले अपाङ्गता भएको ब्यतिको जिवनमा केही सहज आउनुको साथै उहाहरुको आत्मा बल समेत बढनेमा बिश्वास ब्यक्त गर्नु भयोे । सैनामैना नगरपालिकाले अपाङ्गता भएका ब्यतिहरुलाई अपाङ्गता परिचय पत्र बितरण गरिरहेको जानकारी दिदै सैनामैनाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद भण्डारीले पुरानो अपाङ्गता परिचय पत्र आवश्यता अनुसार परिमार्जन गरिदै लागिएको समेते बताउनु भएको थियो ।सैनामैनाको कलौनी स्थित कालमोचन मन्दिर परिसरमा आयोजना गरिएको कार्यक्रममा सैनामैना वार्ड नं ९ का वडाध्याक्ष डोलनाथ भण्डारी दातृ संस्थाका राष्ट्रिय अपाङ्गता पुनस्थापना समाज काठमाण्डौका सुमन भट्टराई, बालकृष्ण मरासिनी, रुपन्देही अपाङ्गता पुनस्थापना केन्द्रकी अध्यक्ष कल्पना ढकाल, सुबि गुरुङ्ग, सन्तोष पन्थ लगायतले अपाङ्गता भएका ब्यतिmको हक अधिकारको बिषयमा बोलेका थिए ।सोही अवसरमा रुपन्देही अपाङ्गता पुनस्थापना केन्द्र सैनामैनाद्धारा संचालित छ महिने सिलाईकटाई तालिममा सहभागी प्रशिक्षर्थीहरुलाईं समेत प्रमाण पत्र बितरण गरिएको थियो ।