सुन आर्पुती सहज नहुंदा सुनचांदी व्यवसायी आन्दोलमा

प्रकाशित मिति:

सरकारले सहज तरिकाले सुन आपुर्ति नगर्दा आफनो पेशा व्यवसाय धरासायी भएको भन्दै कपिलवस्तुका सुन चाँदी व्यवसायीले सुन चाँदी पसल तिन दिन सम्म बन्द गर्दै आन्दोलित भएका छन ।
आन्दोलित जिल्लाभरका व्यवसायीले देखी तिन दिन सम्म सुन चाँदी पसल बन्द गर्ने निर्णय गरेका छन । जिल्लाको सदरमुकाम स्थित कपिलवस्तु सुन चाँदी व्यवसायी संघ, सुन चाँदी व्यवसायी संघ गोरुसिंङ्गे, बाणगंगा र चन्द्रौटाका प्रतिनिधी बिचको छछलफल पश्चात सो निर्णय लिईएको जनाईएको छ । आफुहरुलाई सरकारले सहज रुपमा सुनको आपुर्ति नगर्दा व्यवसायनै संकटमा परे पछि बाध्य भएर आन्दोलन गर्नु परेको कपिलवस्तु सुन चाँदी व्यवसायी संघका उपाध्यक्ष नित्यानन्द वर्माले बताए ।

सरकारले व्यवसायीको संरक्षण गर्ने प्रतिबद्धता गरे पनि सुन चाँदीको आवश्यक आपुर्ति तथा मापदण्ड तोक्ने बिषयमा कुनै चासो नदिए पछि दवावका लागी आन्दोलन गरिएको संघका केन्द्रिय सदस्य देबी प्रसाद वर्माले बताए । सुनको सहज उपलब्धता नहुदाँ प्रति तोला ३ हजार बढि रकम तिर्नु पर्ने अवस्था सृजना भई उपभोक्तालाई भार तथा सुन कालो बजारियालाई प्रोत्साहन मिलेको उनको आरोप छ ।