गाउँ–गाउँमा डोजर चालक नै इन्जिनियर बन्ने चलन आयो :प्रतिनीधि सभा सदस्य दुर्गा पौडेल

प्रकाशित मिति:

बुटवल –प्रतिनीधि सभा सदस्य दुर्गा पौडेलले अन्तरराष्ट्रिय स्तरमै पर्यायवरण समस्या विकराल बन्दै गएको बताउँदै नेपालमा पनि त्यसको असर परेको बताएकी छिन् । ‘गाउँ–गाउँमा डोजर चालक नै इन्जिनियर बन्ने चलन आएको छ ।’–उनले अघि भनिन् ‘प्रकृति मैत्री विकास भएको छैन, खोलामा जथाभावी गिट्टी बालुवा निकालीएको छ । यसले विकराल स्थिती सिर्जना गर्न सक्छ ।’ भू–तथा पर्यायवरण संरक्षण अभियान नेपालको उपाध्यक्ष समेत रहेकी पौडेलले सरकारले आवश्यक ध्यान पुर्याउन नसक्दा दिनानुदिन वन जँगल मासिँदै गएको बताउँदै भनिन् ‘नेपालको वन, हरियो धन भन्ने गरिन्थ्यो अहिले सबै सुक्दै गएको छ ।

’ठूलो धनजनको क्षति हनेगरी गत सनाउनमा ६ गते सत्यवती गाउपालिकाको वार्ड नं। २,३ र ४ मा गएको बिनासकारी बाढीपहिरो जानको कारण भुपरिक्षण नगरी जथाभाबी रुपमा डोजर र जे।सि।भी।ले जमीन खनेर बाटो बनाएकै कारण बाढी पहिरो गएको र ठूलो धनजनको क्षति भएको उल्लेख गर्दै जथाभाबी रुपमा डोजरवाला ठेकेदारहरु इन्जिनियर बन्नु हाम्रो देहको लागि घाटक बन्ने गरेको बताएकी छिन ।भू–तथा पर्यायवरण संरक्षण अभियान नेपालको बुटवलमा सम्पन्न बैठकको निर्णय सार्वजनिक गर्न सोमबार बुटवलमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै प्रतिनीधि सभाकी सांसद पौडेलले पर्यायवरण संरक्षका लागि दृघकालीन नीति बनाएर अगाडी बढ्नुपर्ने बताईन् ।

अभियानका अध्यक्ष अश्मिराज नेपालीले मुलुका पहाडी भेगहरुमा अवैज्ञानिक ढङ्गले मोटर बाटो तथा भवन निर्माण लगायतका कारण वन जंगल मासिदा, भू–क्ष्य, बाढी पहिरो लगायतका प्राकृतिक जोखिम बढ्दै गएको उल्लेख गरे । सरकारले भू तथा पर्यायवरण क्षेत्रमा भएका गम्भीर असरहरु माथी ध्यान दिन नसकेको, वैज्ञानिक वन व्यवस्थापन तथा साझेदारी वन विकासका नाममा वन क्षेत्र अतिक्रमण गरिएको, विभिन्न ठाउँमा प्राकृतिक उत्खनन् गर्न लगाइएको लगायत पर्यायवरण समस्याहरु बारे नेपाल सरकारसँग माग पत्र पेश गर्नुका साथै विज्ञहरु सम्मिलित अध्यन र अनुसन्धान कार्यलाई अघि बढाउने निर्णय गरिएको उनले बताए ।बुटवलमा बसेको अभियानको बैठकले रेश्मीराज नेपाली अध्यक्ष तथा उपाध्यक्षमा दुर्गा पौडेल रहनेगरी नयाँ कार्यसमिति गठन गरेको हो । समितिको महासचिवमा भरत शाही, सचिव रुक्मागत पन्त तथा कोषाध्यक्षमा ऋतु के।सी। रहेका छन् । सदस्यहरुमा शिव पौडेल, शेरबहादुर वि।सी।, कृष्ण श्रेष्ठ, महेश रिजाल, भूपेन्द्र सुवेदी, श्रृजना वि।सी।, पदम के।सी। र लक्ष्मी बेल्वासे रहेका छन् ।