सागको कार्यविधि मन्त्रिपरिषदबाट पारित

३० भाद्र २०७६, सोमबार ०   बिचार / प्रतिक्रिया
29 Shares


काठमाडौं – काठमाडौं र पोखरामा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता सागका लागि बनेको कार्यविधि मन्त्रिपरिषदबाट पारित भएको स्रोतले जनाएको छ । मन्त्रिपरिषद बैठकले १३ औं सागका लागि आवश्यक कार्यविधि पारित गरेको हो ।‘लामो समयदेखि कार्यविधि क्याबिनेटमा थियो । गएको बिहीबार बसेको बैठकले कार्यविधि पास गरिसकेको छ । अब कार्यविधिअनुसार सागको काम अगाडि बढ्छ,’ स्रोतले भन्यो।कार्यविधिमा सागका लागि आवश्यक पर्ने सबै कुराहरु स्पष्ट रुपमा उल्लेख गरिएको जनाइएको छ । कार्यविधि लामो समयदेखि मन्त्रिपरिषदमा अड्किएको थियो ।आगामी मंसिर १५ देखि २४ गतेसम्म सञ्चालन हुने सागका लागि खेलकुद मन्त्रालयले सवा पाँच अर्ब बजेट माग गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया