रुपन्देहीको तिलोत्तामा नगरपालिकामा रहेको मणीप्रभा बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा आज रक्तदान तथा डस्टविन वितरण कार्यक्रम सम्पन्न भएको छ ।
संस्थाको ९ औं वार्षिक उत्सवको अवसरमा आयोजना गरेको रक्तदान कार्यक्रममा ३० युनिट रगत संकलन हुन आएको कार्यक्रम संयोजक लक्षमण रेग्मीले जानकारी दिनु भएको छ ।
संस्थाले सामाजिक उत्तरदायित्व अन्र्तगत वाषिकउत्सवको अवसरमा रक्तदान गरेको हो । त्यस्तै सरसफाइको लागि तिलोत्तामा नगरपालिकाका वडा नंं. ३ मा रहेको पशुपती टोल विकास संस्थालाई डस्टविन समेत हस्तानान्तरण गरेको थियो । मणीप्रभा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष दिनेश फुल्लेलको अध्यक्षता तिलोत्तामा नगरपालिकाका वडा नंं. ३ का वडा अध्यक्ष टंक तिवारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा गिता सापकोटा , रमेश थापा, राधा ज्ञवाली लगायतले कार्यक्रममा उपस्थिती रहेको थियो । कार्यक्रम संस्थाका सचिब खगेश्वर भण्डारीको सञ्चालनमा सम्पन्न भएको थियो ।