यसरी सञ्चालन हुदै छ जेसीआई बुटवल एकेडेमी २०१९

३१ भाद्र २०७६, मंगलवार ०   बिचार / प्रतिक्रिया
161 Shares


बुटवल –बुटवल जेसीजले यो वर्ष पनि जेसीआई बुटवल एकेडेमी तथा पब्लिक स्पिकर बुटवल कार्यक्रम सुरु गरेको छ । भदौ २८ गतेबाट सुरु भएको एकेडेमी असोज ९ गते समापन हुने छ । एकेडेमीमा बुटवलका विभिन्न कलेजहरुबाट ५० जना युवाहरुले सहभागिता जनाएका छन् । आउट डोर र इनडोर सेसनमा सञ्चालन हुने एकेडेमी बाट सहभागि युवाहरुले के पाउँछन त ? यो एकेडेमी सञ्चालन गर्नुको खास कारण के हो ? यि र यस्तै विषयमा केन्द्रित रहेर हामीले बुटवल जेसीजका अध्यक्ष जेसी नरदेव न्यौपानेसंग कुराकानी गरेका थियौ । प्रस्तुत छ सोही कुराकानिको सप्पादित अशं

यस वर्ष पनि जेसीआई बुटवल एकेडेमी र पब्लिक स्पिकर बुटवल लाई निरन्तरता दिनुको कारण के हो ?

यो कार्यक्रम सन् २०१७ का अध्यक्ष राजेन्द्र घिमिरेले गर्नु भएको हो । सन् २०१८ मा आईपुग्दा यम प्रसाद तिवारीले कार्यक्रमलाई निरन्तरता दिदै थप परिमार्जित गर्नु भयो । अग्रजको सम्मान गर्दै उहाँहरुले अघि सारेको महत्वपुर्ण कार्यक्रमलाई मैले पनि यो वर्ष निरन्तरता दिन पाउँदा खुसी लागेको छ । भनिन्छ इतिहास रच्न गाह्रो हुदैंन तर त्यसको मर्मलाई जोगाउन कठिन हुन्छ । मेरो टिमले त्यो कठिनाईलाई सहजै ब्यवस्थापन गरेर निरन्तरता दिएका छौं । यस भन्दा अघि सहभागि भएका युवाहरुको जिवनमा सकारात्मक परिवर्तन भएको कारण यसलाई निरन्तरता दिईएको हो । अर्को कुरा अन्तराष्ट्रिय जेसीजले जेसीआई एकेडेमी सञ्चालन गर्ने गर्दछ, नेपाल जेसीजले जेसीआई नेपाल एकेडेमी सञ्चालन गर्दछ र बुटवल जेसीजले तिनै मापदण्डहरुलाई अपनाउँदै जेसीआई बुटवल एकेडेमी सञ्चालन गर्दछ । सोही एकेडेमीबाट पब्लिक स्पिकर बुटवल २०१९ हुने छ ।

यो एकेडेमीमा युवाहरु सहभागि हुने प्रक्रिया के हो ?
हामीले बुटवल विभिन्न कलेजहरुबाट युवाहरुलाई छनोट गरेका छौं । छनोट गर्दा युवाहरुको वाककला, ब्यक्तित्व लगाएतका विषयहरुलाई हेरिएको थियो । कलेजमा हामीले प्रि अडिसन गरेका थियौ अब विभिन्न चरणमा पब्लिक स्पिकरको लागि छनोट प्रक्रिया अगाडि बढ्छ भने एकेडेमी अन्तरगत तालिम सञ्चालन हुन्छ । सहभागिहरुलाई हामीले भदौ २८ गते बोलाएर कार्यक्रमको बारेमा जानकारी दिएका छौ भने समुह विभाजन पनि गरिएको छ । उहाँहरु अहिले समुहगत कार्यमा जुट्नु भएको छ । विभिन्न टाक्सहरु हामीले दिएका छौं त्यसको तयारीमा हुनुहुन्छ ।

यो एकेडेमीबाट के पाउँछन त युवाहरुले ?
यो एकेडेमीबाट सहभागिहरुले आफ्नो जिवनलाई सकारात्मक रुपमा बदल्नु हुने छ । विगतको हाम्रो अनुभवले पनि यहि बताउँछ । यस्तै गरी नेतृत्व क्षमताको विकास हुने छ । नेतृत्व भन्ने विक्तिकै राजनैतिक नेताको कुरा जोडिदो रहेछ । हामीले कुनै पार्टिको नेता बन्नु मात्र नेतृत्व होईन भन्ने कुरा वुझाउने प्रयत्न गरेका छौं । एउट घर, समुह, कलेज र दुइचारजना साथिभाईको विचमा पनि नेतृत्व हुन्छ भन्ने कुरामा हामीले जोड दिन्छौं । अर्को कुरा यस वर्षको एकेडेमीमा सहभागि साथिहरुको फाराम मैले अध्ययन गरि सकेको छु । ५० जना सहभागिहरु मध्य दशपन्ध्र जना साथिहरुले मात्र जिवनको लक्ष्य तय गरिएको देखिन्छ । बाँकी साथिहरु जिवनको लक्ष्य के हो भन्ने कुरामा द्धुविधामा परेका पाईएको छ ति साथिहरुलाई जिवनको लक्ष्य निर्धारण गरेर अघि बढ्न यो एकेडेमी फलदायि हुने छ । विशेषत यो एकेडेमीबाट सहभागिहरुले आफ्नो जिवनका ७ वटा पाटालाई ऐनामा जस्तै प्रष्ट देख्न सक्नेछन । यसै गरी पढाईमा अब्बल रहनु भए पनि दुइचार जना मानिसको अगाडि गएर बोल्न डराउने बानि धेरैमा देखिन्छ । यदि कुनै संस्थाको नेतृत्वमा पुग्दा समेत यस्तै अवस्था रहन गयो भने संस्थाको लक्ष्य प्राप्तीमा कठिनाई हुने हुँदा हामीहरुले वाककला क्षमताको विकास गर्न प्रभावकारी सञ्चारको बारेमा पनि ज्ञान दिन्छौ ।

गएको वर्षको एकेडेमी र अहिलेकोमा केहि भिन्नता छ ?
अवस्य पनि केही फरक छ । यस वर्ष हाम्रा प्रशिक्षकहरुले मेरो कार्यकाल सुरु हुने विक्तिकै एकेडेमीको कोर्ष तयार गर्न लागि पर्नु भएको थियो । नेतृत्व र ब्यक्तित्व विकासका साथै यस वर्ष जीवनउपयोगी सिपको कोर्षलाई पनि समावेश गरिएको छ । विभिन्न टाक्सहरुमा केही फरक पन ल्याएका छौं । विशेषत जसरी यसको सुरुवात भएको थियो त्यसको मर्मलाई हामी जोगाएरै अघि बढछौं ।

यति ठुलो कार्यक्रममा प्रशिक्षक कहाँबाट ल्याउदै हुनुहुन्छ ?
यो कार्यक्रमलाई सम्पन्न गर्न बाहिरबाट प्रशिक्षक ल्याउनु पर्ने बाध्यता छैन । बुटवल जेसीजकै सदस्यहरु सक्षम हुनुहुन्छ । नेपालका विभिन्न जिल्लाहरुमा पुगेर तालिम सञ्चालन गरी ख्याति प्राप्त गर्नु भएका प्रशिक्षक जेसी रमेश अर्याल यो एकेडेमीको प्रमुख प्रशिक्षक हुनुहुन्छ । उहाँ नेपाल जेसीजको प्रशिक्षक हुनुहुन्छ । जेसीआई नेपाल एकेडेमी र मास्टर टट एकेडेमीबाट रमेश अर्याल दिक्षित हुनुहुन्छ । यस्तै जेसीआई नेपाल एकेडेमीबाट दिक्षित जेसी दिनेश खड्का प्रशिक्षकको रुपमा हुनुहुन्छ । उहाँले पनि धेरै तालिमहरु सञ्चालन गर्नु भएको छ । उहाँहरु दुवै जना बुटवल जेसीजमा आवद्ध हुनुहुन्छ । हामीले उहाँहरुको क्षमतालाई पहिचान गरेर यो जिम्मेवारी दिएका हौं । यसै गरि एकेडेमीको निर्देशकको रुपमा जेसी अर्जुन खनाल हुनहुन्छ भने पब्लिक स्पिकरको संयोजकको रुपमा जेसी लक्ष्मण शर्मा रहनु भएको छ ।

तपाईको नेतृत्वमा रहेको बुटवल जेसीजमा अहिले तालिमको वर्षा भई रहेको छ, यसरी काम गर्ने आँट कसरी आयो ?
म कम बोल्छु तर परिणाममा जोड दिन्छु । जब अध्यक्षको रुपमा पदभार सम्हाले त्यति बेला अग्रजहरुको पदचापलाई पच्छाउदै केही नविन कार्य गर्ने छु भनेर कसम खाएको थिए । सोही अनुसार यस क्षेत्रका जेसीज शाखासंग सहकार्य गरी वहुशाखा पदाधिकारी तालिमको आयोजना गर्न हामी सफल भयौं । यसैगरी तालिम सप्ताह जस्तो नविनत कार्यको सुरुवात पनि मेरै कार्यकालमा भयो । बुटवलका विभिन्न वडाहरुसंग सहकार्य गरि सञ्चालन गरिएको तालिम सप्ताहले टोल टोलमा जेसीज अभियानलाई लैजान सफल भएको छ । पछिल्लो समयमा जेसीजको तालिममा सहभागि हुन युवाहरुको आकर्षण बढेको मैले पाएको छु । काम गर्ने आँट त इमान्दारिताले दिदो रहेछ, संस्था प्रतिको मायाले दिदो रहेछ । अहिले मेरो ध्यान बुटवल जेसीज प्रति युवाहरुको आकषर्ण बढाउने र बुटवल जेसीजलाई पहिलाकै रुपमा चिनाउनेमा रहेको छ । मलाई कुरा भन्दा बढि काम गर्न मन पर्छ । तालिमको माध्यमबाट मानिसहरुको जिवनमा आएको परिवर्तन देख्दा झन उत्साह थपिदो रहेछ । सोही उत्साहलाई म र मेरो पदाधिकारीहरु, बुटवल जेसीजका सदस्यहरुले शिरोधार्य गर्दै अघि बढेका छौं । विशेषत सदै प्रेरणा र सल्लाह प्रदान गर्नु हुने बुटवल जेसीजका पुर्व अध्यक्षज्यूहरुको साथ, सल्लाह सल्लाहकारज्यूहरुको हौसलाले यो आँट आएको हो । कार्यकालको अन्तिम दिन सम्म पनि मेरो सक्रियता यसै गरि रहने छ । अर्को वर्ष अध्यक्ष बनेर मैले काम गर्न पाउँदिन जे गर्ने हो आजै गर्ने हो । अहिले नगरे कहिले गर्ने हामीले नगरे कस्ले गर्ने आउनुस बुटवल जेसीजसंग सहकार्य गरी समाजमा सक्रिय नागरीक तयार गरौं ।

फेसबुकबाट तपाईको प्रतिक्रिया