शिक्षकहरको मागप्रति गम्भिर बन्न सरोकारवालाको आग्रह

प्रकाशित मिति:

शिक्षकहरुका मागप्रति वेवास्ता गरे महासंघ चुप लागेर नबस्ने नेपाल शिक्षक महासंघ केन्द्रीय सदस्य गंगाराम तिवारीले बताएका छन् । रुपन्देहीको तिलोत्तमा नगरपालिका स्थित शान्ती नमुना माविका बिहिवार बसेको जिल्ला भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । नेपाल शिक्षक महासंघले पेसागत शिक्षक तथा कर्मचारीहरुका माग संघिय सरकार, प्रदेश सरकार र स्थानीय सरकारलाई बुझाइसकेको छ । तर पनि कुनै मागका विषयमा सरकार उदासिन रहेको महासंघको भनाई रहेको छ । नयाँ शिक्षा ऐनले शिक्षकको हकहितका विषयमा बेवास्ता गरेको हुँदा अहिले महासंघ बाध्य भएर आन्दोलनमा जानु परेको तिवारीले बताए ।
त्यस्तै सरकारको ध्यानाकर्षणका लागि चरण रुपमा सांकेतिक तथा शान्तीपूर्ण आन्दोलन भैरहेको महासंघ प्रदेश ५ का उपाध्यक्ष कुलप्रसाद लामिछानेले बताए । भेलालाई सम्बोधन गर्दै महासंघ जिल्ला रुपन्देहीका अध्यक्ष ढुण्डीराज भण्डारीले देशैभर चलिरहेको आन्दोलनलाई पूर्ण रुपमा सफल बनाउनका लागि सबै शिक्षकहरुका पेशागत संघ संगठनहरु एकजुट भएर महासंघ बनिसकेकोले शिक्षकहरुको समस्याका विषयमा महासंघले पूर्ण रुपमा पेशागत हकहितका लागि भूमिका खेल्ने बताए । त्यसका साथै रुपन्देहीमा रहेका १६ बटै स्थानीय तहमा रहेका शिक्षक महासंघ, पेसागत संघसंगठनहरुलाई उक्त आन्दोलन सहयोग र सहकार्यका लागि आग्रह समेत गरेका छन् ।
उक्त भेलाले विभिन्न निर्णयहरु गर।ेको छ । जसमा भदौ ८ गते देशै भरका जिल्ला सदरमुकाम केन्द्रीत आन्दोलनलाई (सिठ्ठी जुलुस) सफल बनाउने निर्णय गरेको छ । त्यसै गरी रुपन्देहीमा शिक्षक आन्दोलनलाई सफल बनाउन कृष्णचन्द्र बस्याल संयोजक तथा माधव ज्ञवालीको सहसंयोजकत्वमा प्रचारप्रसार उपसमिति गठन गरेको छ । भेलामा नेपाल शिक्षक महासंघ केन्द्रीय प्रतिनीधि , प्रदेश प्रतिनिधि, जिल्ला पदाधिकारी तथा सदस्य, १६ वटै स्थानीय तहका अध्यक्ष सचिव तथा प्रतिनीधिहरु लगायको उपस्थिति रहेको भेला महासंघ जिल्ला अध्यक्ष ढुण्डिराज भण्डारीको अध्यक्षता तथा सचिव लिलाधर न्यौपानेको सञ्चालनमा सम्पन्न भएको थियो ।