‘ज्ञानेन्द्र शाही त के ज्ञानेन्द्र शाह पनि यहाँ स्वतन्त्रपूर्वक हिंड्न पाउँछन’

३१ भाद्र २०७६, मंगलवार ०   बिचार / प्रतिक्रिया
21 Shares

File

काठमाण्डौँ – नेपाली कांग्रेसका युवा नेता गगन थापाले लोकतान्त्रिक गणतन्त्र नेपालमा जो कोहीले स्वतन्त्रपूर्वक हिंड्न र आफ्नो विचार राख्न पाउने बताएका छन् ।राष्ट्रिय युवा संघ नेपाल कास्कीले प्रेस विज्ञप्ति नै जारी गरी ज्ञानेन्द्र शाहीलाई कास्की प्रवेशमा रोक लगाउने निर्णय गरेपछि ज्ञानेन्द्र शाही त के ज्ञानेन्द्र शाह पनि स्वतन्त्रपूर्वक हिंड्न र आफ्नो विचार राख्न पाउँने बताएका हुन् । गगन थापाले आफनो सामाजिक सञ्जाल फेसबुकमा राष्ट्रिय युवा संघ नेपाल कास्कीले ज्ञानेन्द्र शाहीलाई निषेध गर्न जारी गरेको विज्ञप्ति राख्र्दै गल्ति गर्नेलाई विधिले बांध्ने हो निषेध गर्ने होइन भन्दै कडा विरोध गरेका छन् ।थापाले सरकारलाई आफनो गति र मति ठिक पार्न सल्लाह दिएका छन् । उनले आफ्नो ‘अरिङगाल प्रवृत्ति’ छोडे परिवर्तन विरोधी तत्व आफै परास्त हुने जिकिर गरेका छन् ।उनले फेसबुकमा लेखेका छन् “कमरेड  यो लोकतान्त्रिक गणतन्त्र नेपाल हो।ज्ञानेन्द्र शाही त के ज्ञानेन्द्र शाह पनि यहाँ स्वतन्त्रपूर्वक हिंड्न पाउँछन। आफ्नो विचार राख्न पाउँछन। गल्ति गर्नेलाई विधिले बांध्ने हो निषेध गर्ने होइन। सरकारको गति र मति ठिक पार्नुहोस् आफ्नो “अरिङगाल प्रवृत्ति” छोड्नुहोस् परिवर्तन विरोधी तत्व आफै परास्त हुन्छन्।”

फेसबुकबाट तपाईको प्रतिक्रिया