महत्त्वपूर्ण निर्णय गर्दै तिलोत्तमा जेसीजको बोर्ड बैठक सम्पन्न

प्रकाशित मिति:

बुटवल –युवाहरुको ब्यक्तित्व र नेतृत्व बिकासका कार्यक्रम एवं विभिन्न सामाजिक कार्य गर्दै आइरहेको तिलोत्तमा जेसीजले बर्ष २०१९ ले दुई वटा महत्त्वपूर्ण निर्णयहरु गर्दै २०७५ भाद्र २९ गते आईतबार बोर्ड बैठक सम्पन्न गरेको छ । अध्यक्ष जय प्रकाश भट्टराई को अध्यक्षतामा सम्पन्न बैठकले नेपाल जेसीज बर्ष २०२० को नेतृत्व का लागि राष्ट्रिय अध्यक्ष पदमा शाखाका पुर्ब अध्यक्ष बिनोद सुवेदी लाई र राष्ट्रिय उपाध्यक्ष पदमा शाखाका बर्तमान अध्यक्ष जय प्रकाश भट्टराई लाई सिफारिस गर्ने सर्वसहमतबाट निर्णय गरेको छ ।

त्यसैगरी बैठकले नेपाल जेसीज अन्तर्गत हरेक बर्ष आयोजना हुने क्षेत्रीय सम्मेलन का लागि बर्ष २०२० को क्षेत्र घ सम्मेलन आयोजना गर्न प्रस्ताव नेपाल जेसीज क्षेत्र घ सम्मेलन २०१९ मा अत्तरीयनमा हुने क्षेत्रीय सम्मेलनमा पेश गर्ने महत्त्वपूर्ण निर्णय गरेको शाखाका कार्यकारणी उपाध्यक्ष महेश शर्माले बताउनुभयो भने बैठकको सन्चालन महासचिव राजु भन्डारीले गर्नुभएको थियो बैठकमा शाखाका सल्लाहकार तथा संस्थापक अध्यक्ष जेसीआई सेनेटर विनोद ढकाल सल्लाहकार तथा पुर्व अध्यक्ष यादव भट्टराई पुर्व अध्यक्ष विनोद सुबेदीको उपस्थिति रहेको थियो।