सालझण्डी , सन्धिखर्क ढोरपाटन सडकनिर्माण सुचारु बारे छलफल

प्रकाशित मिति:

सालझण्डी , सन्धिखर्क ढोरपाटन सडकको निर्माण कार्यलाइ गति दिन , विवाद समस्या समाधान गर्न अर्घाखाँची र गुल्मी जिल्लाका सरोकारवाला निकायको बैठक सम्पन्न भएको छ ।
सालझण्डी–सन्धिखर्क ढोरपाटन सडक निर्माणमा देखिएका समस्यालाइ समाधान गरि सडक निर्माणलाइ गति दिनकालागि जिल्ला प्रशासन कार्यलय सन्धिखर्कमा दुइ जिल्लाका सरोकारवालाहरुको बैठक बसेको हो । पाल्पाको कञ्चनखोला देखि अर्घाखाँचीको ढुंग्री खोला सम्मको १८ किलोमिटर सडक ग्राभेल गर्नका लागि भ्याट बाहेक ४ करोड ३७ लाखमा ठेक्का लिएर पनि काम नगर्ने बिटी जयबाबा कन्ट्रक्सनले भदौ १५ गते भित्र चाहिने मेसिन, लेवर तथा औजारहरु सम्बन्धित क्षेत्रमा नलगेमा कन्ट्रक्सनलाइ कानुन वमोजिम कारवाही गर्ने र ठेक्का रद्ध गर्ने निर्णय गरेको छ ।
विटि जयवावाले १८ किलो मिटरमा जम्मा पाँच किलो मिटर मात्र ग्राभेल गरेको र पटक पटक काम गर्न आग्रह गर्दा समेत काम नगरेको सालझण्ढी सन्धिखर्क ढोरपाटन सडक आयोजनाका प्रमुख इन्जिीनीयर होमबहादुर एसीले बताए । ट्रयाक कताबाट जाने भन्ने विषयमा विवाद रहेको अर्घाखाँचीको सन्धिखर्क, म्यालपोखरी र गुल्मीको पुरकोटमा सडक विस्तारकालागि दुइ जिल्लाका सरोकारवालाहरु बसेर पहल गर्ने र आउने दशै सम्म गुल्मीको अर्खवांग देखि देउराली हुदै बुटबल सम्म बस सञ्चालन गर्ने गरि सडक निर्माण आयोजना अगाडी बढाउने निर्णय भएको छ ।