छुट्दै पक्राउ पर्दै, फेरी पक्राउ परे ‘प्रकाण्ड’

प्रकाशित मिति:

काठमाडौं /नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डलाई प्रहरीले पुनः सर्वोच्च अदालतबाट पक्राउ गरेको छ। बिहीबार सर्वोच्च अदालतले थुनामुक्त गर्ने आदेश दिएपछि सर्वोच्च अदालतबाट बाहिरिने क्रममा उनलाई प्रहरीले पक्राउ गरेको हो। यसअघि पनि प्रहरीले प्रकाण्डलाई सर्वोच्च अदालतबाट पक्राउ गरेको थियो। उनविरुद्ध नुवाकोट, भोजपुर लगायतका स्थानमा टेलिकम कम्पनी एनसेल टावर आगजनि गरेको अभियोग लागेको छ । यसअघि पनि उनलाई सर्वोच्च अदालतबाट पक्राउ गर्दा काभ्रेमा एनसेलको टावरमा आगजनि गरेको अभियोग थियो।