समाजवादी पार्टीको चुनाव चिन्ह पञ्जा

३१ भाद्र २०७६, मंगलवार ०   बिचार / प्रतिक्रिया
31 Shares


काठमाडौं – सत्तारुढ समाजवादी पार्टीले चुनाव चिन्ह पञ्जा रोजेको छ । तत्कालीन संघीय समाजवादी पार्टी र नयाँ शक्ति पार्टीबीच एकता गर्दा दुबैको चुनाव चिन्ह नराख्ने सहमति भएको थियो । समाजवादीको समाल र नयाँ शक्तिको आँखा चुनाव चिन्ह थियो ।

नयाँ चुनाव चिन्हको खोजीको क्रममा पञ्जामा सहमति जुटेको समाजवादीका एक नेताले बताए ।समाजवादी पार्टी पञ्जा चुनाव चिन्ह माग गर्दै निर्वाचन आयोगमा पत्र समेत पठाएको छ । आयोगले भने निर्णय गर्न बाँकी छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया