धुर्कोट बस्तुमा जागरण अभियान : दर्जनौ कार्यकर्ता कांग्रेसमा प्रबेश

प्रकाशित मिति:

गुल्मी – नेपाली कांग्रेसको दोस्रो जागरण अभियानको कार्यक्रम अन्तरगत धुर्कोट गाउँपालिका वडा नम्बर ५ बस्तुमा आज एक कार्यक्रम सम्पन्न भएको छ ।  नेपाली कांग्रेस क्षेत्र नम्बर २ प्रदेश ख अनतर्गत धुर्कोट बस्तुमा बिभिन्न पार्टी परीत्याग गरी नेपाली कांग्रेसमा प्रबेश गर्नेको ऐरो लागेको हो ।

पार्टी प्रबेश एबम कार्यक्रता भेटघाट कार्यक्रममा प्रमुख अतिथीको रुपमा केन्द्रिय प्रतिनिधि राम कार्की पुगेका थिए । गुल्मीका प्रजातान्त्रिक अभिभाबक स्व. रुद्रमणी शर्मा भण्डारीको घरमा बसेको बैठक एबम पार्टी प्रबेश कार्यक्रममा युवा लगायतको प्रबेशले बस्तुमा थप तरङ्ग पैदा भएको स्थानिय युवा नेता लालमणी भण्डारी बताउन्छन । त्यसो त कांग्रेसको किल्लाका रुपमा रहेको बस्तुमा युवा एबम बौद्धिक बर्गका ब्यक्तीहरु पार्टी प्रबेशले कांग्रेस थप शक्तीशाली एबम मजबुद भएको पार्टी सभापती एबम कार्यक्रमका अध्यक्ष तारा प्रसाद भण्डारीले बताए ।

पार्टी प्रबेश गर्नेहरुमा युवा ब्यवसाय सुजन भण्डारी , जिबलाल भण्डारी , रबी नेपाली लगायत दर्जनौ रहेका छन । केही दिन अगाडि नेकपामा प्रबेश गरेको हल्ला चलेका जिवलाल भण्डारी आफु नेकपामा नगएको समेत् स्पस्ट पारेका थिए। उनले आउँदाँ दिनमा थप शसक्त भएर कांग्रेसको राजनितीमा होमिने कुरा राखेका थिए । जागरण अभियानमा बिषिस्ट अतिथी जिल्ला सचिब खिलध्वज पन्थी , जिल्ला सदस्य चन्द्र बहादुर महत , नबिन जिसी, गोपाल थापा धुर्कोट गाउँपालिकाका उपप्रमुख शिव केसी ,वडा अध्यक्ष ढुन्डीराज भण्डारी,नेपाली कांग्रेस रुपन्देहीका प्रशिक्षण बिभाग सदस्य बिष्णु भण्डारी ,समाजसेवी युबराज भण्डारी लगायतको उपस्थिती रहेको थियो । पार्टी सभापती तारा प्रसाद भण्डारीको अध्यक्षता एबम सचिब बैकुण्ठ पन्थीको सञ्चालनमा उक्त कार्यक्रम सम्पन्न भएको युवा नेता लालमणी भण्डारीले सबलपोस्टलाई जानकारी दिनुभयो ।