१३ करोडको लागतमा शीत भण्डार बन्दै

३१ भाद्र २०७६, मंगलवार ०   बिचार / प्रतिक्रिया
96 Shares


चितव- चितवनको खैरहनी नगरपालिकामा १३ करोडको लागतमा शीत भण्डार बन्ने भएको छ । नगरपालिकाको वडा नम्बर ९ सुर्तनीमा बन्न लागेको शीत भण्डार आगामी असार सम्ममा सञ्चालनमा आउने खैरहनी नगरपालिका मेयर लालमणि चौधरीले जानकारी दिए ।खैरहनी नगरपालिकामा निर्माण हुने शीत भण्डारमा पूर्वी चितवनका ४ वटा नगरपालिकामा उत्पादन भएका तरकारी तथा मासु जन्य सामाग्री राख्न मिल्ने छ । कशीत भण्डारका लागि चालु आर्थिक वर्षमा खैरहनी नगरपालिकाले १ करोड ५० लाख रुपैया विनियोजन गरिसकेको छ । कुल लागतमा प्रदेश सरकारको ७० प्रतिशत र खैरहनी नगरपालिका तथा नगर भित्र रहेका सहकारीहरुको ३० प्रतिशत लगानीमा शीत भण्डार निर्माण हुने लागेको हो ।पूर्वी चितवनको चार वटा नगरपालिकालाई लक्षित गर्दै खैरहनीमा शीत भण्डार निर्माण गर्न लागिएको खैरहनीका प्रमुख चौधरीले वताए । उत्त शीत भण्डारको जिम्मा इजी इन्फा प्रालिले पाएको छ ।तीन नम्वर प्रदेश सरकार,खैरहनी नगरपालिका र नगर भित्र रहेका सहकारीहरुको सयुक्त लगानीमा निर्माण गर्न लागिएको शीत भण्डारको शिलन्यास मंगलबार तीन नम्वर प्रदेशका भुमी व्यवस्था,कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले गरेका थिए । शीत भण्डारमा कृषि उपज राखे वापत किसानल केही शुल्क तिर्नु पर्ने र त्यहाँबाट भएको आम्दानी किसानले पाउने छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया