आफ्नै श्रीमान र सासु-ससुराले जलाएर हत्या गरेको आशंका

३१ भाद्र २०७६, मंगलवार ०   बिचार / प्रतिक्रिया
43 Shares


कपिलवस्तु- कपिलवस्तुको बुद्धभुमि नगरपालिका– ६ महुवाको बैरिहवाकी एक महिलको सोमवार राति जलाएर हत्या गरेको आशंका गरिएको छ । शवको प्रकृति हेर्दा हत्या गरेको आशंका भएको बताइएको छ। मृतकका बुवा बिष्णु नाउले आफनी २२ वर्षीया छोरी शीला नाउलाई उनकै श्रीमान जगदीश नाउ, जगदीका बाबु भिखी नाउ र आमा बासमतीले जलाएर मारेको आरोप लगाएका छन् ।सोमवार राति ११ बजे तिर शीला आफनो कोठमा जलेर गंभीर घाईते भएको अवस्थामा थिइन्। कपिलवस्तु नगरपालिका– ५ श्रीरामपुरका मृतकको बुवा बिष्णुले तीन जना मिलेर छोरीलाई पहिला घाटी च्यापेरको र पछि मट्टीतेल हालेर जलाएको आरोप लगाए । बिष्णुले भने ‘ छोरी र ज्वाइँबीच झगडा भइरहेको खबर मलाई पनि आउने गरेको थियो तर यस्ता ठूलो घटना हुँदा चाही मलाई कसैले जानकारी गराएन ’ । कोठा भित्र रहेकी मृतक शिलालाई ढोका फोरेर निकालिएको प्रहरीले जनाएको छ ।उपचारका लागि तौलिहवा अस्पताल ल्यानेक्रममा शिलाको मृत्यु भएको प्रहरी नायब उपरिक्षक सुनिल मल्लले बताए । उनले घटना हत्या वा आत्महत्या अझै यकीन भई नसकेको बताइएका छन् । ‘ हामीले दुबै पाटोलाई हरेर अनुसन्धान गरिरहको छौ ’ उनले भने । शीलाको छाती र पेटको भाग जलेको छ । टाउको र हातमा केही भएको छैन । ५ बर्ष अघि शीलाको बिवाह भएको थियो ।

गत फागनुमा मात्र गौना गरेर जगदीशले शीलालाई आफनो घर लगेका थिए । बिष्णुका बैनी ज्वाई राजु नाउले शीला र जगदीशबीच यस अघि पकट पकट झैझडा हुँदै आएको बताए । राजुको शैलुन पसलमा जगदीशले काम गर्ने गर्थे । केही कुरा हुँदा आफूलाई जगदीशले भन्ने गरेको तर त्यस दिन भने केही जानकारी नगराएको उनले बताए । बिष्णुकै घरबाट करिब ११ बजेतिर घटना बारे मोबाईलमा फोन आएको आफूले नै बिष्णुलाई घटना बारे जानकारी गराएको उनले बताए । उनले पनि शीलाको हत्या भएको अरोप लगाए ।घटना आत्महत्याबाट भएको भन्दै जगदीशले प्रहरीमा निबेदन दिएका छन् । जिल्ला प्रहरी कार्यालयमा रहेको जगदीशले आफू त्यस दिन भात खाएर ९ बजेतिर पन्डिपुरमा नाच हेर्न गएको बताए । उनले घरबाट सो घटना बारे आफूलाई खबर आएको उनले बताए । उनले श्रीमिती र आफूबीच कुनै झगडा नभएको र के कारणले घटना भएको थाहा नभएको बताए । घटना बारे थाहा पाएपछि शीलाकी आमा गीता नाउ अर्ध चेत बनेकी छिन् ।उनी अहिले तौलिहवा अस्पतालमा छिन् । मृतककी दिदी प्रियाले पनि आफनी बैहिनीको श्रीमान र उनका सासु ससुराले जलाएर मारेको आरोप लगाइन् । उनका अनुसार सिलका श्रीमान ससुराले मदिरा सेवन गर्ने गर्छन । ‘ मेरी बैनीलाई सासु ससुराले सधै अपशब्द बोल्ने गाली गलौच गर्ने गर्थे तिनीहरुले नै मारेका हुन् ’ उनले आँसु झार्दै भनिन् ‘ तिनीहरुलाई कडा कारबाही हुनु पर्छ ’ ।मृतकका बुवा बिष्णुले तीन जनाबिरुद्ध किटानी जाहेरी दिने बताए । मृतकाको शव परिक्षणका लागि तौलिहवा अस्पताल ल्याइएको छ । प्रहरी उपरिक्षक दीप शमसेर जबराले घटना हत्या वा आत्महत्या अझ भन्न नसकिने बताए । शवको परिक्षण र घटनाको अनुसन्धानपछि त्यसको यकीन हुने उनले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया