१३ औं दक्षिण एसियाली खेलकुद सागका लागि बक्सिङ छनोट सम्पन्न

३१ भाद्र २०७६, मंगलवार ०   बिचार / प्रतिक्रिया
16 Shares


काठमाडौं- १३ औं दक्षिण एसियाली खेलकुद सागका लागि मंगलबार बक्सिङमा ८ सहित जम्मा १६ खेलाडी छनोट भएका छन् । लगनखेलस्थित नेपाल आर्मीको शारीरिक तालिम तथा प्रशिक्षण केन्द्रमा मंगलबार सम्पन्न प्रतिस्पर्धाबाट १० पुरुष र ६ महिला खेलाडीको छनोट भएको हो ।यसअघि सोमबार पनि पुरुषमा ५ र महिला ३ खेलाडीको छनोट हुँदा मंगलबार पनि पुरुषमा ५ र महिलामा ३ खेलाडीले १३ औं सागको यात्रा तय गरेका हुन् । मंगलबार भएको पुरुषतर्फ  ४९ केजीमा आर्मीका सुशील थापामगर, ५६ केजीमा एपिएफका पुरन राई र ६९ केजीमा एपिएफका विकास लामा छनोट भए । फाइनलमा सुशीलले एपिएफका प्रदीप महर्जनलाई अंकका आधारमा ५–० ले हराउँदा पुरनले आर्मीका पुरन सुनारलाई ५–० ले र्नै स्तब्ध बनाएका थिए । विकासले भने फाइनलमा प्रदेश–३ का मनिष डंगोललाई ४–१ ले निराश बनाए ।पुरुष ७५ केजी तौलसमूहमा आर्मीका दीपक श्रेष्ठ र ८१ केजीमा कर्णाली प्रदेशका मनोहर बस्नेत छनोट हुन सफल भए ।

दीपकले फाइनलमा प्रदेश–३ का भूमीलाल दिवसलाई ५–० ले पराजित गरेका थिए । मनोहरले आर्मीका गणेश प्रधानमाथी ३–२ को कठिन जित निकाले । महिलातर्फको ५४ केजी तौल समूहको फाइनलमा आर्मीकी मिनु गुरुङले नेपाल पुलिसकी निशा तामाङलाई ५–० ले हराउँदा ५७ केजीमा आर्मीकी चन्द्रकला थापाले एपीएफकी माया चौधरीलाई ५–० ले निराश पारिन् ।६४ केजीमा आर्मीकी पुनम रावलले कठिन जित निकाल्दै छनोट भईन् । उनले फाइनलमा एपिएफकी विनिता थापामगरलाई अंकको आधारमा ३–२ ले स्तब्ध बनाइन् । यसअघि सोमबार पुरुष तर्फ ५२ केजीमा तेजबहादुर देउवा, ६० केजी सनिल साही, ६४ केजीमा भुपेन्द्र थापा, ९१ केजीमा अर्जुन सिगु र ९१ केजीमाथि आशिष दवाडी छनोट भएका थिए । महिलातर्फ भने ४८ केजीमा ललिता महर्जन, ५१ केजीमा माला राई र ६० केजीमा संगीता सुनुवार छनोट भएका थिए ।१३ औं सागका लागि छनोट हुन सफल खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष पिताम्बर तिम्सिना र नेपाल बक्सिङ संघका अध्यक्ष राम अवालेले खेलाडीलाई प्रोत्साहनका लागि बधाई मन्तब्य राखेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया