लगातारको वर्षाका कारण सेतीमा सतह बढ्यो, पुल नै डुबानमा

३१ भाद्र २०७६, मंगलवार ०   बिचार / प्रतिक्रिया
23 Shares


तनहुँ – लगातारको वर्षाका कारण तनहुँको दुलेगौंडाबाट ढोरफिर्दी हुँदै बहने सेती नदीको बहाव बढेको छ । रातीदेखि नै परेको वर्षाका कारण नदीको बहाव बढ्दा आज दिनभर पुल डुबानमा परेको थियो । जसका कारण मध्याह्नसम्म सो क्षेत्रको आवतजावतमा समेत समस्या परेको भएको थियो ।हाल यातायात सञ्चालनमा नआए पनि केही स–साना सवारी साधन सोही पुल हुँदै आवतजावत गर्ने गरेका छन् । बाँकीका लागि भने सो प्ल भन्दा केही पर अर्को पक्की पुल तयार पारिएकाले सवारी साधन सोही पुलबाट आवतजावत गर्ने गरेका छन् ।पुल डुबान परेको क्षेत्रमा नदी कडा चट्टानी क्षेत्रबाट जाने र साँघुरो भएका कारण हरेक वर्षामा यस्तो समस्या देखिने गरेको छ । वर्षा भइरहे पनि तनहुँमा हालसम्म अन्यत्र कतै पनि अप्रिय घटना नघटेको प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया