डेंगुबाट बच्ने उपायबारे ८० प्रतिशत बढी अनविज्ञ

१ आश्विन २०७६, बुधबार ०   बिचार / प्रतिक्रिया
10 Shares


काठमाडौं –पछिल्लो समय डेंगुको संक्रमणले मुलुकभर प्रकोपको रुप लिएको छ । सरकारी तथ्यांक अनुसार झण्डै ६ हजार डेंगुबाट संक्रमित भएका छन् ।डेंगु रोगको बारेमा धेरैले सुने पनि यसको संक्रमणबाट कसरी बच्ने कमैलाई मात्र थाहा पाएको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले जनाएको छ।परिषद्ले गरेको अनुसन्धानमा ८० प्रतिशतलाई यो रोगबाट बच्ने उपाय थाहा नभएको पाइएको हो। नौ वर्षअघि सन् २०११ मा भएको एक अध्ययनमा संलग्न कुल व्यक्तिमध्ये १३ प्रतिशतलाई मात्र डेंगुबाट बच्ने उपाय राम्रोसँग थाहा भएको पाइएको र बाँकीलाई थाहा नभएको पाइएको थियो।नौ वर्षको अवधिमा सो संख्या बढेर २० प्रतिशत मात्र पुगेको अनुमान परिषद्का अध्यक्ष डा। अञ्जनीकुमार झाको छ।‘सन् २०११ को अनुसन्धानलाई आधार मान्दा डेंगुबाट बच्ने उपाय राम्रोसँग थाहा हुनेको संख्या २० प्रतिशतसम्म पुगेको हुनुपर्छ,’ झाले भने।

‘‘गमला, छतमा जम्मा भएको पानी, टायर, ड्रम बाल्टिनमा जम्मा भएको पानी मात्र सफा गरे पनि लामखुट्टेको संख्या घट्छ,’ परिषद्काप्रमुख अनुसन्धान अधिकृत मेघनाथ धिमालले भने।डेंगुको लामखुट्टेले १८ सयदेखि २१ सय मिटरको उचाइमा प्रजनन गर्नसक्ने पाइएको छ। परिषद्का अनुसन्धान अधिकृत डा। मेघनाथ धिमालका अनुसार डेंगुबारे सही ज्ञानको अभावमा मानिसहरुले आआफ्नो तरिकाले बच्ने उपाय खोजे पनि सबै तरिका सही होइन ।डेंगुको मुख्य कारण एडिस एजिप्टाइ र एडिस एल्वोपिक्टस नामक लामखुट्टेले सार्ने डेंगु भाइरस हो । डेंगुको औषधि नभएकाले संक्रमणबाट जोगिन लामखुट्टेको टोकाइबाट बच्ने र लामखुट्टे तथा यसको गुँढ नष्ट गर्नु नै उत्तम उपाय हो ।हाल लामखुट्टे भगाउन धुवाँ र फगिङ डेंगु गन अपनाउनु भन्दा जीव वैज्ञानिकको सहयोगमा जैविक विधि अपनाएर लार्भा र अण्डा नष्ट गर्ने अन्तर्राष्ट्रिय विधि शीघ्र अवलम्वन गर्न पनि विज्ञहरुले सुझाव दिएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • अमेरिकाका दर्जनौं शहरहरूमा हिंसा भड्किएसँगै सैन्य प्रहरी तैनाथ
  • आज मात्र थप १८९ जनामा कोरोनाको संक्रमण पुष्टि,भएसंगै संक्रमितको संख्या…
  • क्वारेन्टिनमा बसेकी बाजुराकी महिलाले बच्चा जन्माईन
  • किसानको तरकारी नगरपालिकाबाट खरिद बिक्री
  • क्वारेन्टाइन बसेर घर जाने प्रवासीलाई सित्तैमा कण्डम
  • स्कुल अफ डेमोक्रेसीको संरचना प्रदेश र जिल्ला तहमा ! गण्डकी…
  • जनमुक्ति पार्टीको माग : कोरोनाविरुद्ध लड्न सर्वदलीय संयन्त्र बनाऊ
  • रुकुमको घटनामा सत्य तथ्यका छानविनका लागी संसदीय समिति गठन गर्न…
  • रुकुम र देवदह घटनामा संयुक्त राष्ट्र संघको गम्भीर चासो ,…
  • फेसबुक संस्थापक जुकरबर्गले दुई महिनामै कमाए ३० अर्ब डलर