जीप अरुण नदीमा खस्यो, ६ जना बेपत्ता

१ आश्विन २०७६, बुधबार ०   बिचार / प्रतिक्रिया
41 Shares


संखुवासभा । खांदबारीबाट धरान जाँदै गरेको जीप गएराति अरुण नदीमा खस्दा ६ जना बेपत्त भएका छन् । मंगलबार राति १० बजेको समयमा बिरामी बोकेर धरान जानेक्रममा को १ ज ३७४९ नम्बरको जीप अक्करको भिरबाट अरुण नदीमा खसेको हो ।  अक्कर भिर संखुवासभाकै धर्मदेवी नगरपालिका वडा ८ मा पर्दछ । निरन्तर बर्षाका कारण सडकमा हिलो र पानि भएकाले जीप चिप्लिएर नदीमा झरेको हुनसक्ने संखुवासभाका डिएसपी मिम लामाले बाताए ।दुर्घटना लगत्तै खाँदबारीबाट परिचालित प्रहरी घटनास्थल पुगेपनि उद्धार हुन सकेको छैन् । निरन्तर पानी पर्दा खोलामा बढी आइरहेकाले उद्धारमा समस्या भएको संखुवासभा उनले बताए ।जीपमा जम्मा ६ जना सवार रहेको खुलेपनि को को थिए भन्नेबारे खुल्न नसेको डिएसपी लामाले जानकारी दिएका छन् । अहिलेपनि उद्धार कार्य जारी रहेको उनले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया