संविधान दिवस विशेष समारोह भव्य बनाउन निर्देशन

१ आश्विन २०७६, बुधबार ०   बिचार / प्रतिक्रिया
85 Shares


काठमाडौँ-संविधान दिवस तथा राष्ट्रिय दिवस मूल समारोह समितिले सैनिक मञ्च, टुँडिखेलमा असोज ३ गते आयोजना हुने विशेष समारोह भव्य र व्यवस्थित बनाउन २० बुँदे निर्देशन दिएको छ ।समारोहमा उपस्थित हुनुहुने अति विशिष्ट तथा आमन्त्रित पाहुनाका लागि त्रुटिरहित सुरक्षाको व्यवस्था मिलाउन सबै सुरक्षा निकायलाई सचेत गराइएको छ ।प्रधानमन्त्री एवं मूल समारोह समितिका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा यसअघि बसेको बैठकले स्वीकृत गरेका कार्यक्रमलाई थप प्रभावकारी बनाउने क्रममा सचिवालयले यस्तो निर्देशन जारी गरेको हो।ऐतिहासिक संविधानसभाबाट नेपालको संविधान जारी भएको दिन असोज ३ गते सैनिक मञ्च टुँडिखेलमा आयोजना हुन लागेको समारोह भव्य र व्यापक रूपमा मनाउन सक्रियतापूर्वक क्रियाशील हुन् सबै मन्त्रालय, आयोग, सचिवालय, विभाग, कार्यालय वा निकायलाई पत्राचार गरिएको छ ।गृह मन्त्रालयका सचिव तथा मूल समारोह समितिका सदस्यसचिव प्रेमकुमार राईको अध्यक्षतामा बसेको समीक्षात्मक बैठकपछि खुला मञ्च टुँडिखेलको दक्षिण खुला परिसरमा १० हजार कुर्सी राख्न निर्देशन दिइएको छ ।काठमाडौँ महानगरपालिकाले पाँच हजार कुर्सीको व्यवस्था गरेकोमा थप पाँच हजार कुर्सी थपेर १० हजार कुर्सी राख्न निर्देशन दिइएको हो । यो खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया