विश्वकर्माको पूजा गरी आज विश्वकर्मा दिवस मनाईदै

१ आश्विन २०७६, बुधबार ०   बिचार / प्रतिक्रिया
9K Shares


काठमाडौ‌ – आज विश्वकर्मा दिवस , आश्विन सङ्क्रान्तिका दिन सम्पूर्ण विश्वकर्माको पूजाआजा गरी विश्वकर्मा दिवस मनाइँदै छ ।आज कलकारखानामा रंगीचंगी पार्नुका साथै बिशेष पूजा समेत गरिन्छ । आजका दिन आफनो फलामे औजारको पूजा गर्नाले लामो समय सम्म टिक्ने जनबिश्वास छ । द्वापर युगमा भगवान् कृष्णलाई राक्षसले दुःख दिएपछि विश्वकर्माले समुद्रका बीचमा ‘भेद द्वारका’ बनाइ लुकाएको धार्मिक विश्वास रहेको छ ।एकै रातमा समुद्रका बीचमा ‘भेद द्वारका’ को निर्माण गरेकाले विश्वकर्मालाई सफल वास्तुविद्का रुपमा मानी पूजाआजा रहेको छ । विश्वकर्मा दिवसको अवसरमा बर्ष भरी कुनै अप्रिय घटना नहोस् भनी मेसिन तथा औजारहरुको पूजा गर्ने चलन रहेको छ । देशका विभिन्न भागमा रहेका मजदुरहरुले ध्वजापाताले कलकारखाना, यातायात लगायतका फलामे औजारहरुलाई सजाउने र विश्वकर्माको मुर्ति वा तस्विरमा पूजा गर्नुका साथै प्रसाद चढाउने गर्दछन् ।आजको दिनलाई वास्तु शास्त्रीले वास्तु दिवसका रुपमा समेत मनाउने गर्छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • संविधान संशोधनका पक्षमा मतदान गर्ने कांग्रेसको निर्णय
  • अमेरिकाका दर्जनौं शहरहरूमा हिंसा भड्किएसँगै सैन्य प्रहरी तैनाथ
  • आज मात्र थप १८९ जनामा कोरोनाको संक्रमण पुष्टि,भएसंगै संक्रमितको संख्या…
  • क्वारेन्टिनमा बसेकी बाजुराकी महिलाले बच्चा जन्माईन
  • किसानको तरकारी नगरपालिकाबाट खरिद बिक्री
  • क्वारेन्टाइन बसेर घर जाने प्रवासीलाई सित्तैमा कण्डम
  • स्कुल अफ डेमोक्रेसीको संरचना प्रदेश र जिल्ला तहमा ! गण्डकी…
  • जनमुक्ति पार्टीको माग : कोरोनाविरुद्ध लड्न सर्वदलीय संयन्त्र बनाऊ
  • रुकुमको घटनामा सत्य तथ्यका छानविनका लागी संसदीय समिति गठन गर्न…
  • रुकुम र देवदह घटनामा संयुक्त राष्ट्र संघको गम्भीर चासो ,…