पशुपती र सम्झनाको ‘कान्छी बुहारी’ले देश खाँदै

प्रकाशित मिति:

बुटवल – नेपालीहरुको महानपर्व वडा दशै नजिकिँदै गर्दा दशैँ विशेष गीतहरु बजारमा आउने क्रम बढ्दो छ । देश तथा विदेशको सांगीतिक कार्यक्रममा व्यस्त रहेका लोकप्रिय गायक तथा सर्जक पशुपति शर्माको नयाँ दशै गीत ‘कान्छी बुहारी’ सार्वजनिक भएको छ ।

चर्चित गायिका सम्झना भण्डारी र पशुपति शर्माको स्वर रहेको यस गीतमा शब्द संगीत गायक पशुपति शर्माकै रहेको छ । गीतको भिडियो निकै नै उत्कृष्ट बनेको छ जस्मा गायक गायिका दुवै जनाले मुख्य भुमिका निभाएका छन् ।

दुर्गा पौडेलको निर्देशनमा तयार भएको भिडियोलाई गिरमान सोहन कुमालले खिचेका हुन् भने , नवीन घर्ती मगरको सम्पादन हो ।दुलहा दुलही बनेर प्रस्तुत भएका पशुपति शर्मा र सम्झना भण्डारीलाई अभिनयमा सविता गुरुङ लगायतका अन्य धेरै कलाकारहरुले साथ दिएका छन् ।  हेर्नुहोस् भीडीयो –