एनआरएन यूके मतगणना अन्योल कायम, बुधबार पनि गणना नहुने

१ आश्विन २०७६, बुधबार ०   बिचार / प्रतिक्रिया
3 Shares

अध्यक्षका प्रत्यासी सेर सुनार र् पुनम गुरुङ

लण्डन – गत शनिबार सम्पन्न एनआरएन यूके निर्वाचनको मतगणना बुधबारसम्म पनि अन्योलमै छ ।मतदानमा धाँधली भएको भन्दै यसअघि मतगणना बहिस्कार गरेको अध्यक्ष उम्मेदवार शेरबहादुर सुनार पक्ष अझै पनि मतगणनाका लागि आफ्ना प्रतिनिधि पठाउन राजी नबनेपछि बुधबार हुने अपेक्षा गरिएको मतगणना नहुने भएको छ सहमति खोज्ने प्रयासमा निर्वाचन समितिका एक आयुक्त लेफ्टिनेन्ट यम रानाको संयोजनमा बसेको अध्यक्षका दुवै उम्मेदवार, संस्थाका संरक्षकसहितको घण्टौं लामो बैठक मंगलबार मधयरात बिनानिश्कर्ष टुंगिएको थियो ।

अध्यक्ष उम्मेदवार शेर सुनारको समुहले बेजिंगस्टोक बुथमा धाँधली भएको भन्दै यथावस्थामा मतगणना हुन नसक्ने बताउँदै आएको छ । तर पुनम गुरुंग पक्षले भने सो बुथमा खटिएका निर्वाचन आयुक्त एवम पर्यवेक्षक समेतले निर्वाचनमा कुनै नियमितता नभएको स्पष्ट बनाइसकेको तथा निर्वाचन समितिले यसअघि नै एकमतले मतगणना गर्ने निर्णय गरिसकेको अवस्थामा तत्काल मतगणना सुचारु गर्न माग गरिरहेको छ । निर्वाचन समितिले दुवै पक्षको सहमति जुटाएर मतगणना अघि बढाउने प्रयास गरेपनि सफल हुन सकेको छैन । यहि गतिरोधका बीच बुधबार साँझ निर्वाचन समितिको बैठक बस्दैछ । सो बैठकले अब के गर्ने भन्ने सम्बन्धमा निर्णय लिने अपेक्षा छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया